बिबाद बढेपछि भारतीय राजदूत मञ्जीव सिंह पुरी फिर्ता हुने



हाम्रो इकोनोमि

 

नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा राखेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा त्योसको चर्को विरोध भइरहँदा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको पदावधी सकिएर फिर्ता हुने तयारीमा छन् ।

२४ औँ राजदूतका रुपमा नेपाल आएका राजदूत पुरी आगामी डिसेम्बर ३१ देखि अवकास हुँदैछन् । राजदूत पुरीको पदावधी सकिएसँगै नेपालका लागि भारतीय राजदूत को बन्ने छन् भनेर दिल्लीमा समेत चर्चा परिचर्चा शुरु भएको छ ।

आगामी सन् २०२० को जनवरी १ देखि राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौं आउन सक्ने सम्भावित अनुहारहरुको पनि चर्चा हुन थालेको छ । नेपालस्थित भारतीय राजदूतावासमा रहेर अनुभव सङ्गालेका गोपाल वाग्लेको नाम चर्चामा छ । हाल उनी भारतको विदेश मन्त्रालयमा कार्यरत छन् ।

त्यस्तै सिंगापुरमा कार्यरत जावेद अहमद, अफगानिस्तानमा कार्यरत विनय कुमार र विदेश मन्त्रालयमा कार्यरत श्रीमती रेणु पालको नाम पनि नेपालका लागि भारतीय राजदूतको चर्चामा छ । तर, अहिलेसम्म मोदी सरकारले यस विषयमा टुंगो लगाइसकेको छैन ।

दिल्लीस्थित एक भारतीय सञ्चारकर्मीका अनुसार मोदी सरकारले कुटनीतिकका साथै नेपालको राजनीतिमा भिजेबुझेको व्यक्तिलाई नेपालका लागि राजदूत बनाउने सोच बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...