अर्थमन्त्री सहित १० मन्त्रीको जागीर चट्, यी हुन् विदा हुने मन्त्रीहरु



हाम्रो इकोनोमि

 

वर्तमान मन्त्रीपरिषदबाट १0 मन्त्री विदा हुने भएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले १0 मन्त्रीलाई राजिनामा गराएर १0 नयाँ मन्त्री ल्याउने अन्तिम कसरत थालेका छन् ।

पुराना केही मन्त्री बाँकी राखेर १0 जना मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण सकिएलगतै मन्त्रीहरुलाई राजीनामा गराउने तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

राजीनामा गराउने .र नयाँ बन्ने मन्त्रीको सूचि पनि दुई अध्यक्षले तयार गरिसकेका छन् । पूर्वमाओवादीबाट ३ र पूर्वएमालेबाट ६ मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ ।

पूर्वएमालेबाट सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ मन्त्रीबाट विदा हुनेछन् भने पूर्वमाओवादीबाट उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानीमन्त्री बिना मगर लाई विदा दिने तयारी गरिएको स्रोतले बताएको छ ।

१0 जनामन्त्रीलाई विदा गरेपनि ८ जना मन्त्री भने यथावत रहने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल यथावत रहनेछन् । उनीहरु मन्त्रीबाट नहटेपनि मन्त्रालय भने फेरबदल हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...