छातीमा गोली स्वीकार गर्छु, तर छिमेकीले मेरो देशको एक चिम्टी माटो लगेपनि स्वीकार्दिनंँ
जम्मू–कश्मीरलाई केन्द्र शासित प्रदेश बनाएपछि भारतले नयाँ नक्सा जारी गरेको छ । भारतले कालापानी र लिपुलेकलाई पनि आफ्नो भुभाग दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गरेको छ । जसको नेपालमा चर्काे विरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि आफ्नो दाबी गरेर भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको भएको ठोकुवा गरेका छन् । उनले आफ्नो छातीमा गोली थाप्न तयार हुने तर नेपालको एक मुठ्ठी माटोपनि नेपाल बाहिर गएको कुनै हालतमा स्वीकार गर्न नसक्ने बताए छन् । मध्यराति उनले ट्वीट गर्दै लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको हो । छातीमा हानेको गोली स्वीकार गर्छु तर छिमेकीले मेरो देशको एक चिम्टी माटो अतिक्रमण गरेको कदापी स्वीकारर्दिन । नेपाल सरकारले तुरुन्त भारत सरकारसँग कुरा गरेर उक्त नेपालको भूभाग भारतको नक्साबाट हटाउन लगाउनु पर्छ ।
लिपुलेक,लिम्पियाधुरा,कालापानी नेपालको हो। छातीमा हानेको गोली स्वीकार गर्छु तर छिमेकीले मेरो देशको एक चिम्टी माटो अतिक्रमण गरेको कदापी स्वीकार्दिन। नेपाल सरकारले तुरुन्त भारत सरकारसँग कुरा गरेर उक्त नेपालको भुभाग भारतको नक्शाबाट हटाउन लगाउनु पर्छ।@hello_sarkar
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत दिल्लीबाट जारी नयाँ नक्साप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै शर्माले भनेका छन्, ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारेमा कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ ।’
दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ !
सम्माननिय @PM_Nepal कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् l नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् l नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !
त्यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले भारतीय नक्साबारे नेपालको धारणा बनाउन सर्वदलीय बैठक बोलाउनु पर्ने बताएका छन् । रावलले ट्वीटरमा सर्वदलीय बैठक बोलाउनुका साथै कुटनीतिक माध्यमबाट पहल गर्न सरकारलाई सुझाव दिएका छन् ।
उनले लेखेका छन्, ‘नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्सामा भारतीय भूमि देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कुटनीतिक माधयमबाट तत्काल कुरा गरिनुपर्छ । भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।’
नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनु पर्छ ।भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।
यसअघि राप्रपाले पनि विज्ञप्ति जारी गरेर नयाँ नक्साबारे तत्काल कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको थियो ।
कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ।
हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न @PM_Nepal को ध्यान जाओस्
नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पनि कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो, अतिक्रमण मन्जुर छैन। भारतले उक्त भुभाग आफ्नो बनाएर नक्सा बनाएको समाचार आइरहेका छ्न। बास्तबिकता के हो ? भन्दै टिव्टमा लेखेका छन् ।







