प्रदेश ३ का १० जिल्लामा शीत भण्डार निर्माण हुँदै



हाम्रो इकोनोमि

 

कृषि क्षेत्रलाई विशेष प्राथमिक्ता दिएको ३ नम्बर प्रदेश सरकारले काठमाण्डौ उपत्यका बाहेक प्रदेशका १० जिल्लामा शीत भण्डार निर्माण गर्ने भएको छ । कृषकलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने तथा प्रोत्साहन गर्ने उदेश्यका साथ फलफूल तथा तरकारी भण्डारण गर्न शीत भण्डार निर्माण गर्न लागिएको हो । प्रदेशका केही जिल्लामा शीत भण्डार निर्माणको काम सुरु भएको छ भने मकवानपुरको थाहा नगरमा शीत भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

३ नम्बर ३ प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष १० वटै जिल्लामा डीपीआर निर्माण गरेर चालु आर्थिक वर्षमा निर्माण गर्नका लागि ४५ करोड रुपैयाँ वजेट छुट्याएर काम गर्न सुरु गरेको छ । प्रदेश १० जिल्लामा शित भण्डार निर्माण गर्ने योजना वनाएको प्रदेश सरकारले पाँच जिल्लामा भने कामनै सुरु भएको प्रदेश नम्बर ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले वताउनुभएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा भने शीत भण्डार निर्माणका लागि माग नभएकाले चालु आर्थिक वर्षमा निर्माण गर्न नसकिने उहाँले जानकारी दिनुभएको छ । प्रदेशका उपत्यका बाहेकका जिल्लामा हरेक जिल्लामा एक एक वटा निर्माण गरिने भए पनि दोलखा, नुवाकोट र सिन्धुपाल्चोकमा भने दुई– दुईवटा निर्माण गरिने मन्त्री लामाले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...