को–को बन्दै छन् प्रधानमन्त्रीका सल्लाहकार



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सचिवालय टिमले सामूहिक राजीनामा दिएपछि अब को–को व्यक्ति नयाँ टिममा सामेल हुने छन् भनेर सबैतिर चर्चा र कौतुहलताको विषय बनेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार सल्लाहकार टिम सानो र छरितो बनाउँदै सबै काम हेर्नेगरी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा एक जना विश्वास पात्र मन्त्री बनाउने गरिको छलफल पनि अगाडी बढेको छ ।

सबै अधिकार दिएर प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शक्तिशाली र सबै मन्त्रीहरुलाई समन्वय तथा निर्देशन दिन सक्ने हाइटको मन्त्री बनाइ प्रधानमन्त्री ओलीले अनुगमन तथा सुपरिवेक्षण गर्ने गरी व्यवस्था गर्न पनि ओलीलाई सुझाव गएको छ ।

सम्भावित नयाँ अनुहारका लागि विभिन्न नेताहरुमार्फत विभिन्न व्यक्तिहरुले लबिङ पनि शुरु गरिसकेको बताइको छ । स्रोतका अनुसार अहिले भइरहेको सचिवालय टिमबाट स्वकीय सचिव राजेश बज्राचार्य र प्रेस संयोजक चेतन अधिकारीसहित सहयोगी टिमले मात्र निरन्तरता पाउने भएको छ ।

सचिवालय टिमको मुख्य व्यक्तिका रुपमा रहने प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नै दोहोरिने कसरत गरिरहँदा नेकपामा नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेको चर्चा छ । त्यसैगरी पूर्व पर्यटन मन्त्री आनन्द पोखरेलले पनि प्रमुख सल्लाहकार हुन रुचि देखाएका छन् ।

त्यस्तै जनसम्पर्क सल्लाहकारमा नेकपाका पूराना नेता तथा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको नाम चर्चामा छ । त्यसैगरी प्रमुख स्वकीय सचिवमा अंग्रेजी भाषामा दखल भएको र आइटी सम्बन्धी जानकारी भएको व्यक्तिको खोजी प्रधानमन्त्री ओलीले गरेको बताइन्छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कतिपय नेताहरुले नेकपाका केन्द्रीय सदस्य तथा प्रचारविभाग उपप्रमुख सूर्य थापालाई बनाउन सुझाव दिएका छन् भने नेपाल पत्रकार महासंघको पूर्वसभापति शिवगाउँले र महासंघमा सभापतिमा पराजित तिर्थ कोइरालाको नाम झापालीहरुले अघि सारेका छन् ।

कतिपयले राजन भट्टराईलाई प्रमुख सल्लाहकार बनाउन पनि दवाव दिइरहेका छन् । प्रधानमन्त्री ओलीले यस पटक सचिवालयमा युवा अनुहारलाई पनि भित्र्याउन दवाव परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...