जाडो मौसममा बच्चाको हेरचाह गर्दा हरेक आमाले ख्याल गर्नैपर्ने कुराहरु…



हाम्रो इकोनोमि

 

 

जाडोको मौसममा स्वास्थ्यलाई स्वस्थ राख्न अत्यन्त गाह्रो मानिन्छ । मौसम परिवर्तनसँगै रोगहरूको पनि आगमन हुन्छ । विशेष गरी बच्चाहरू यसको बढी सिकार हुने गर्छन् । चिसोले घाँटी दुख्ने समस्या यस मौसममा सामान्य समस्या हा । यसबाट बच्ने केही घरेलु उपचारहरू रहेका छन् । जसबाट घाँटीको दुखाइबाट राहात पाउँन सकिन्छ ।

घाँटीको दुखाई कम गर्न र यसबाट राहात पाउनका लागि दुधमा बेसार राखेर खानु पर्छ । यसमा धेरै गुणहरु रहेका हुन्छन् । चिसो, ज्वरो र घाँटी दुखेको बेलामा यसले धेरै फाइदा गर्दछ । यसको एन्टीइन्फ्लेमेटरी गुणहरूले घाँटीमा भएको दुखाइ कम गर्दछ।

घाँटी दुखेको बेलामा सबैभन्दा साधारण उपाय नुन पानीले घाँटी सेक्नु, कुल्ला गर्नु हो। नुनको पानीले गर्जली गर्नाले घाँटी दुखाई र घाँटी दुखाईमा राहत प्रदान गर्दछ ।

नुनको सट्टा पानीमा थोरै सोडा थपेर बच्चालाई पिलाउँदा बच्चालाई लाभ हुन्छ । सोडाले घाँटीको संक्रमण हटाउन मद्दत गर्दछ । महको सेवनले स्वास्थ्यलाई धेरै फाइदा गर्दछ । यसको एन्टीअक्सीडन्ट र एन्टीइन्फ्लेमेटरी गुणहरूले घाँटी दुखाईबाट छुट्कारा प्रदान गर्दछ । तपाईं तातो दुध वा कागतीको साथ मह लिन सक्नुहुन्छ ।

हरीयो तरकारीहरूमा धेरै भिटामिनहरु पाइन्छन् । मेथीको एन्टीमाइक्रोबियल हुन्छ त्यसैले जसले घाँटीलाई आराम प्रदान गर्दछ । यसले घाँटी दुखाइ, सूजन र जलनबाट पनि राहत दिने गर्दछ ।

लसुनलाई तरकारीका रुपमा मात्र नभएर औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको सेवन गर्नाले घाँटीको संक्रमण र प्रकारका रोगहरुसंग लड्न सहयोग गर्दछ । यसले प्रदूषण विरुद्ध लड्न पनि मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...