सबै फेसबुक प्रयोगकर्ताहरुका लागि खबर : अब यो लोकप्रिय फिचर हट्यो



हाम्रो इकोनोमि

 

अहिले सबैकाबीच चर्चित भएको सामाजिक सञ्जाल फेसबुकले समयसमयमा धेरै कुराहरु परिवर्तन गर्दै आएको छ । व्यापक आलोचनाका बाबजुद पनि फेसबुक अहिले विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको कम्पनी हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा अपलोड हुन्छन् ।

फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत भएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त पोष्ट लोकप्रिय रहेको मानिन्छ ।

मान्छेहरुले पछिल्लो समय लाइक, कमेन्ट र सेयरका आधारमा विभिन्न प्रतियोगिताहरु नै पनि हुने गरेका छन् । तर अब भविष्यमा फेसबुकमा लाइक हेर्न नपाइने भएको छ । किनकी फेसबुकले अब यो लाइक बटनलाई निकट भविष्यमै हटाउँदै छ । फेसबुक स्वयंले यसको पुष्टि गरेको छ । अहिलेबाटै लाइक बटन हटाउने कुराको फेसबुकले परीक्षण सुरु गर्दैछ ।

समाचारअनुसार परीक्षणको रुपमा प्रयोगकर्ताहरुले अब आफ्ना पोष्टमा केहीमात्रै लाइक्स देख्न पाउने छन् । अर्थात् अब फेसबुक पोष्टमा लाइक गर्नेहरुको सबै संख्या देखिने छैन । यसबाट फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्टमा आएका लाइक्सलाई अरुसँग दाँज्न छाड्नेछन् । जसका कारण बढी लाइक्स आउनेलाई लोकप्रिय तथा शक्तिशाली ठान्ने र आफ्ना पोष्टमा कम लाइक्स आएमा डिलिट गर्ने प्रवृत्ति पनि हट्ने जनाइएको छ ।

अहिले फेसबुकको एन्ड्रोइड एपको कोडमा यो फिचर राखिएको छ र प्रयोगकर्ताहरुका लागि सुरु गरिसकिएको छैन । फेसबुकले लाइक फिचर हटाउने परीक्षण कहिलेदेखि सुरु गर्ने भन्ने कुराको बारेमा जानकारी दिएको छैन । स्मरण रहोस् फेसबुकले यस्तै खालको फिचर इन्स्टाग्राममा पनि परीक्षण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...