६ वटै मुख्यमन्त्री हटाउने सरकारको तयारी, को को आउने भए नयाँ अनुहार



हाम्रो इकोनोमि

 

प्रमुख सत्तारुढ दल नेकपाले सत्ता सञ्चालनमा ब्यापक हेरफेरको सघन तयारी थालेको छ । प्रदेश प्रमुख फेरेलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सल्लाहकार र सहयोगीलाई एकैपटक विदा दिए । नयाँ प्रदेश प्रमुख, नयाँ सचिवालयपछि नयाँ मन्त्री परिषद निर्माणमा नेकपा अध्यक्षद्धय जुटेका छन् ।

 

नयाँ मन्त्रीपरिषदपछि मुख्यमन्त्री पनि फेर्ने तयारी भइरहेको छ । मन्त्री हेरफेरपछि नेकपा ६ मुख्यमन्त्रीलाई सामुहिक राजीनामा गराउने तयारी थालिएको बालुवाटार स्रोतले बताएको छ । मुख्यमन्त्री हटाउँदा पार्टीमा गलत सन्देश जाने भएपछि सामुहिक राजीनामा गराउन अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भइसकेका छन् ।

 

६ मुख्यमन्त्रीले एकैपटक राजीनामा गरेपछि ६ नयाँ मुख्यमन्त्री बन्नेछन् । वर्तमान मुख्यमन्त्रीहरुले केन्द्र सरकारको स्पिडमा हिड्न नसकेको र सहयोगी भूमिका पनि नखेलेको ठहर प्रधानमन्त्री ओलीले गरेका छन् । केन्द्रदेखि प्रदेशसम्म जनमुखी परिणाम ल्याउन मन्त्री र मुख्यमन्त्री फेर्ने तयारी थालिएको हो, नेकपाका एक नेताले भने केन्द्रका मन्त्री र मुख्यमन्त्री एकैपटक हेरफेर पनि हुन सक्छ ।

 

प्रधानमन्त्री केही मुख्यमन्त्रीसँग सन्तुष्ट छैनन् । प्रदेश नम्वर १ मुख्यमन्त्री शेरधन राई र प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेले गतिशिल तथा परिणाममुख नतिजा दिन नसकेको निस्कर्षमा दुई अध्यक्ष पुगेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई अहिले राजीनामा गराएपनि पछि उनलाई नै पुर्न नियुक्ति गराउने र ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा गराएर प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा ल्याउने तयारी गरिएको छ । ५ नम्वर प्रदेशमा पूर्वमाओवादीलाई दिने र कर्णालीमा पूर्वएमालेलाई दिने आँकलन गरिएको छ । त्यसैगरी सुदुरपश्चिम प्रदेशमा पनि नयाँ मुख्यमन्त्री ल्याउने तयारी थालिएको छ ।

 

मुख्यमन्त्रीहरुले परिणाम दिन नसकेको र भ्रष्टाचार मात्र मौलाएको जनगुनासो बढेपछि दुई अध्यक्ष मुख्यमन्त्री पनि फेर्ने पक्षमा उभिएका हुन् । तर मुख्यमन्त्री फेर्ने बिषयमा नेकपाका अन्य नेताहरुसँग सल्लाह गरिसकिएको भने छैन ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...