१६ करोड ठगी गर्ने मन्त्री रावलले राजीनामा



हाम्रो इकोनोमि

 

किर्ते गरी करोडौं सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानमा तानेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलले राजीनामा दिएका छन् ।

विभागले उनको जायजेथा रोक्का गरेको छ । राज्यमन्त्री रावलले आज आइतबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलालाई राजीनामा बुझाएका हुन् ।

कीर्ते गरेर पौने १६ करोड ठगीको अभियोग लागेका नेकपाका प्रदेश राज्यमन्त्री रावलको मुद्दा अहिले जिल्ला अदालत कञ्चनपुरमा विचाराधीन छ । ७ साउन ०७६ मा जिल्ला सरकारी वकिल कार्यालयले रावलसहित ३६ जनालाई प्रतिवादी बनाएर कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

मन्त्री रावल समेतको स्वामित्वमा रहेकोे जनज्योती एजुकेशन फाउन्डेशन कञ्चनपुर पब्लिक लिमिटेडको नाममा ठगी गरी अवैध सम्पत्ति आर्जन गरेको खुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कार्यालयमा छापा मारेर मन्त्रीसहितका अभियुक्तहरुको सम्पत्ति रोक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...