काम नगरेपछि सबै मन्त्रीहरु बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

आफुले सोचे अनुसार काम नगरेपछि मन्त्रीहरुको सामूहिक राजीनामा गराउँने तयारीमा प्रधानमन्त्री ओली रहेको बालुवाटार स्रोतले जनाएको छ । सरकारले काम गर्न नसकेको भन्ने चौर्तफिक आलोचना हुन थालेपछि सबै मन्त्रीहरु एकैपटक गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेको बिषेश स्रोतको दाबी छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शुक्रबार सल्लाहकार र विज्ञहरुको टीमलाई एकै ठाउँमा राखेर भने- प्रधानमन्त्रीलाई सघाउन हामी सबैले आ-आफ्नो जिम्मेवारीबाट राजीनामा दिउँ । भोलि आवश्यक परे उहाँले पुनः बोलाउनुहोला, अहिलेलाई उहाँका लागि सहज बनाइदिउँ ।

गोप्य राख्ने भनिएको रिमालको आग्रह शनिबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली निकटका केही नेकपा नेताहरुबाटै बाहिरियो । उपनिर्वाचिनपछि मन्त्रिपरिषद पुनर्गठनको सम्भावनाबारे चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयबाटै त्यसको शुरुवात गरेको टिप्पणी नेकपा नेताहरुले गरे ।

के प्रधानमन्त्रीले मन्त्रीहरुबाट पनि यही अपेक्षा गरेका हुन् ?  एक प्रभावशाली मन्त्रीले भने- उहाँले अहिलेसम्म त्यस्तो भन्नु भएको त छैन । तर, जसरी प्रधानमन्त्रीको सचिवालयले उहाँलाई सघाउन भन्दै राजीनामा दिने कुरा आयो, त्यसले मन्त्रिपरिषद सदस्यहरुलाई सन्देश भने दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले आफूहरुको राजीनामाले मन्त्रीहरुलाई पनि नैतिक दबाब दिएको बताए । उनका अनुसार प्रधानमन्त्रीले मन्त्रीहरु पनि एक दुईजनालाई मात्रै हटाएर नयाँ थप्न चाहेका छैनन् ।

अर्का अध्यक्ष प्रचण्डसँग पटक-पटकको छलफलपछि प्रधानमन्त्री मन्त्रिपरिषद पनि पूरै पुनर्गठन गर्ने सोचमा पुगेका हुन सक्छन् । केही समयपछि मन्त्रीहरुको पनि सामूहिक राजीनामा आयो भने आश्चर्य नहुने ती सदस्यले बताए ।

उनले भने- प्रधानमन्त्रीको चाहना अनुसार उहाँलाई सहयोग होस् भनेर हामीले राजिनामा दिएका हौं । यसको सन्देश भनेको मन्त्रीहरुले पनि यसै गरी सघाउन् भन्ने नै हो । प्रधानमन्त्री एक दुईजना मन्त्रीलाई मात्रै हटाएर उनीहरुलाई खोटो बनाउन चाहानुहुन्न । एकपटक पूरै सुधार गरौं भन्ने देखिन्छ ।

केही मन्त्रीलाई मात्र बिदा गर्दा उनीहरु असक्षम भएर हटाइए भन्ने सन्देश जाने भएकाले पूरै मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्षमा प्रधानमन्त्री रहेको स्रोतले जनाएको छ । पुनर्गठनमा कतिपय अहिलेकै मन्त्रीहरु दोहोरिन सक्नेछन् । त्यसो त प्रधानमन्त्रीको सचिवालयका केही अनुहार पुनः दोहोरिने पनि निश्चित छ ।

केपी ओली दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएको फागुनमा २ वर्ष पुग्दैछ । यसबीचमा पटक-पटक मन्त्रिपरिषद पुनर्गठनको चर्चा चले पनि शेरबहादुर तामाङको राजिनामापछि भानुभक्त ढकाल र रविन्द्र अधिकारीको निधनको लामो समयपछि योगेश भट्टराईलाई मन्त्रिपरिषदमा थप्ने बाहेक कुनै मन्त्री हेरफेर भएका छैनन् ।

प्रधानमन्त्रीको सचिवालयबाट राजिनामा दिएका एक सदस्यले कुनै एक दुईजना मन्त्री हटाएर उसलाई जनता र कार्यकर्ताको नजरमा असक्षमको बिल्ला भिराउन प्रधानमन्त्री चाहँदैनन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने महसुस हुनासाथ सचिवालयकै शैलीमा मन्त्रीहरुबाट पनि सामूहिक सहयोग माग्नेछन्, जुन कुरा कम्तिमा उपचुनावअघि नहोला ।

सचिवालयको चर्चा

प्रधानमन्त्रीको सचिवालयको सामुहिक राजीनामापछि अनेक चर्चा भइरहेका छन् । कतिपयले प्रधानमन्त्री आफ्ना सल्लाहकार र सचिवालयका सदस्यहरुको कामबाट असन्तुष्ट थिए भनेका छन् । सचिवालयप्रति नेकपा र विशेष गरी पूर्वएमालेकै नेताहरुको बढी असन्तुष्टि हुने गरेको छ ।

प्रधानमन्त्रीलाई केही व्यक्तिले घेरामा राखेर गलत ब्रिफिङ गरिएको आरोप पनि लागिरहेको छ । तर, प्रधानमन्त्रीले गर्ने कतिपय निर्णयहरु यस्ता हुन्छन् कि उनका मुख्य र सम्बन्धित विषयका विज्ञ सल्लाहकारले पनि थाहा पाउँदैनन् ।

प्रधानमन्त्री ओलीको सचिवालयमा रिमाल मुख्य नेता हुन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका रिमाल ओलीको पहिलो कार्यकालमा पनि मुख्य सल्लाहकार थिए । रिमालपछि दोस्रो बरियतामा परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई छन् । उनी नेकपा केन्द्रीय सदस्य हुन् । उनी विदेश मामिलाका विज्ञ हुन् ।

नेकपाकै अर्का केन्द्रीय सदस्य अच्युत मैनाली जनसम्पर्क सल्लाहकार हुन् । नेपाल ल क्याम्पसको पूर्व स्ववियु सभापति मैनाली बारा १ मा चुनाव हारेपछि उनलाई न्याय गर्न ओलीले सल्लाहकार टिममा राखेका हुन् ।

प्रेस सल्लाहकार कुन्दन अर्याल त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिताका सहप्राध्यापक हुन् । प्रधानमन्त्रीको सचिवालयमा इन्द्र भण्डारी, चेतन अधिकारी, रामशरण बजगाई, अली अस्गर, रमेश भट्टराई, दिपेन दाहाल लगायतको टिम छ ।

राजेश बज्राचार्य भने प्रधानमन्त्रीको पारिवारिक सदस्य तथा औषधी पानीको समेत ख्याल गर्ने व्यक्ति भएकाले उनले राजीनामा दिएका छैनन् ।

ओलीले अहिले राजीनामा दिएका मध्ये कतिपय सदस्यलाई पुनः नियुक्ति दिने सम्भावना छ । विष्णु रिमाललाई भने अमेरिकाको राजदूत बनाएर पठाउने सम्भावना रहेको नेकपा नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...