महिनावारी हुँदा हरेक महिलाले जान्नैपर्ने यी ५ कुराहरु



हाम्रो इकोनोमि

 

महिलाहरुले किशोरवास्थामा प्रवेश गरेपछि गर्भधारण नभएसम्म हरेक महिना वा २८ दिनको अन्तरमा यो’नीबाट रगत बग्छ जसलाई महिनावारी भनिन्छ । यस्तो रगत २ देखि ७ दिनसम्म बग्छ र समय पुरा भएपछि आफैँ रोकिन्छ । महिनामा एकपटक रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो । समाजमा यसलाई रजस्वला, पर सर्नु, नछुने हुनु आदि बिभिन्न नामले चिनिन्छ । डिम्बासयको डिम्ब(अण्डा)परिपक्व भएपछि केटीहरुको पहिलो महिनावारी हुने गर्छ ।

महिनावारी सामान्यतया ८ देखि १९ वर्षको उमेरमा सुरु भइ ४५ देखि ५५ वर्षको उमेरसम्म कायम हुन्छ । महिनावारी सुरु भएपछि यो’नीबाट एक प्रकारको सेतो पानी बग्न थाल्छ । यो सामान्य प्रक्रिया हो तर अधिक मात्रामा सेतो पानी बग्ने ,गन्हाउने , यो’नी वरिपरि चिलाउने वा पोल्ने भयो भने यसको उपचार समयमै गर्नु पर्छ । नत्र पछि गएर यसले पाठेघरसम्बन्धी बिभिन्न समस्याहरु निम्त्याउन सक्छ । महिनावरी हुँदा यौनांगको सरसफाइ राम्रोसँग भएन भने पनि यस्तो समस्या हुने गर्दछ।

रजस्वला, हुनु प्राकृतिक प्रक्रिया हो र स्वस्थ्य अवस्थाको पनि संकेत हो । यसको बारेमा सही जानकारी वा चेतना नहुँदा पहिलो पटक रजस्वला, हुँदा धेरै किशोरीहरु आत्तिने गर्छन् र केहीले रोग लाग्यो भनेर सोच्ने गर्दछन् । त्यसैले यसका बारेमा घरमा भएका अभिभावकहरुले यसबारे जानकारी दिनु आवश्यक हुन्छ । रजस्वला वा महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु ।

महिनावारी हुँदा शरीरबाट सामान्य अवस्थामा ४ देखि ७ दिनसम्म रगत बग्नु समान्य मानिन्छ । तर कसैलाई १० देखि १५ दिनसम्म रगत बगिरहने समस्या भयो भने उपचार गराउनु आवश्यक हुन्छ । प्रत्येक दुइ – दुइ घण्टामा प्याड बदल्नु पर्ने अवस्था आयो भने त्यसलाई धेरै रगत बगेको मानिन्छ।

रजस्वला भएका बेलामा आफ्नो व्यक्तिगत सरसफाइमा बिषेश ध्यान दिनुपर्छ । यदि सरसफाइमा ध्यान दिइएन भने सेतो पानी गन्हाउने , यो’नी चिलाउने, पिसाब पोल्ने समस्या आउन जान्छ । त्यसैले यसको सरसफाईमा बिषेश ध्यान दिनुपर्छ । सफाइमा ध्यान नदिए यौनांगमा घाउ भई हिँड्न गाह्रो हुन्छ । यौनांगलाई दैनिक रुपमा सफा पानीले धुनुपर्छ , रगत लागेको छ भने मनतातो पानीले सफा गर्नु पर्छ ।

रजस्वला वा महिनावारी हुँदा शरीरबाट धेरै मात्रामा रगत बग्न गई शरीर कमजोर भएको महशुस हुन्छ । शरीरलाई बलियो र स्वस्थ बनाउन आवश्यक पौष्टिक आहार , हरिया सागसब्जी, तरकारी, फलफूल दुध, दही, गेडागुडी, माछा,मासु र प्रशस्त मात्रामा झोलिला खानेकुरा खानुपर्छ । यसका लागि टुसा उमारेको झोल , चाकु, फलामको भाँडामा पकाएको दाल गहत आदिको सेवन गर्नुपर्छ । जसले गर्दा शरीर स्वस्थ्य बनाउँन सहयोग मिल्छ र रक्त अल्पताबाट हुनबाट बचाउँछ ।

रजस्वला भएको बेलामा सफा नरम सुतीको कपडाको टुक्रा वा स्यानेटेरी प्याड प्रयोग गरेर सजिलै र सफासँग व्यवस्थापन गर्न सकिन्छ । अहिले बजारमा रजस्वलाका लागि बिषेश खालको मेन्सट्रुयल कप र टेम्पोन पनि आएका छन् । महिनावारी भएको बेलामा कसैलाई तल्लो पेट दुख्ने, स्तन दुख्ने, ढाड दुख्ने,हात खुट्टा करकर खाने, ,टाउको दुख्ने समस्या पनि हुन्छ । यस्तो बेलामा स्त्री रोग सम्बन्धीडाक्टरसंग परामर्ष लिनुपर्छ । यस्तो बेलामा डाक्टरको सल्लाहा बिना दुखाई कम गर्ने औँषधी सेवन गर्नु हुदैँन ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...