छोरी लिन स्कुल पुगेका यी ब्याक्ति जस्को पाइन्ट अगाडिपट्टि भिजेको थियो, एथार्थ थाहा पाउँदा परे सबै चकित



हाम्रो इकोनोमि

 

अमेरिकाको एक स्कुलमा ६ वर्षकी छोरीलाई लिन पुगेका एक पिताको चर्चा अत्याधिक बढेको छ । मानिसहरु उनलाई एक आदर्श पिताको रुपमा चित्रण गर्दै उनको प्रशंशा गरिरहेका छन् । ती ६ वर्षकी बालिकाले एक दिन स्कुल पोसाकमै पिसाब गरिन् त्यसपछि स्कुल स्टाफले उनका पितालाई फोन गरेर छोरीलाई लिन बोलाएका थिए । बालिकाका पिता जब छोरीलाई लिन स्कुल पुगे उनको पाइन्ट देखेर सबै जना जिल्ल परे । ती पिताको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।

उटाह राज्यको एक स्कुलमा पढ्ने ६ वर्षकी बालिका भेलेरी सेवार्डले एक दिन स्कुल युनिफर्ममै पिसाब गरिन् । यो थाहा पाएपछि स्कुलका स्टाफले उनका पिता बेन सेवार्डलाई फोन गरेर छोरीलाई लिन बोलाए । बेनले जब आफ्नो छोरीसँग भएको घटनाबारे थाहा पाए त्यसपछि उनले बुझे कि अब उनले के गर्नुपर्छ । उनी छोरीलाई लिन स्कुल आए । स्कुल आउँदा उनले यस्तो काम गरे कि उनकी छोरीलाई कत्ति पनि बेइज्जतीको सामना गर्नु नपरोस् ।

जब बेन छोरीलाई लिन स्कुल पुगे उनले आफ्नो पाइन्टमा अगाडिपट्टि केही पानी खन्याए । त्यसपछि झट्ट हेर्दा यस्तो लाग्थ्यो कि उनले पनि पाइन्टमै पिसाब गरेका थिए । आफ्नो पाइन्ट भिजाएपछि बेन छोरीलाई लिन सिधै प्रिन्सिपलको अफिसमा पुगे । त्यहाँ छोरीलाई देखेपछि उनी छोरीनजिक गए र भिजेको पाइन्ट देखाउँदै भने ‘मलाई तिम्रो ब्याग देउ । मैले यो भिजेको दाग लुकाउँछु ।’ त्यसपछि उनले अगाडि भने ‘मैले पिसाब रोक्नै सकिन र यस्तो भयो ।’

पिताको कुरा सुन्दा पहिले र भेलेरी अलमलमा परिन् तर जब उनले पिताको भिजेको पाइन्ट देखिन् उनी मुस्कुराइन् । उनी मुस्कुराएको देखेपछि बेनले बुझे कि उनको तरिकाले काम गरेको छ । बेनले यस्तो यसकारण गरेका थिए ताकि उनकी छोरीलाई युनिफर्ममा पिसाब गर्नु कुनै ठूलो अपराध हो जस्तो नलागोस् ।

यही कारण छोरी स्कुल जान नै नमान्ने अथावा छोरीलाई हीनताबोध हुन नदिन उनले यस्तो गरेका थिए । उनले आफ्नो पाइन्ट भिजाएर सानी छोरीलाई यो बुझाएका थिए कि इमरजेन्सीमा कपडामै पिसाब गर्नु सामान्य कुरा हो र यो गल्ती जो कोहीबाट हुन सक्छ । स्कुलले बेनको यो समझदारीको कामलाई सामाजिक संजालमा पोस्ट गरेर उनको तारिफ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा, तेलको मूल्य बढ्ने संकेत

  इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ ।...

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियामा

    चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन्...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...