मुटु अस्पताल सञ्चालन गर्न देउसीभैलो खेलेर ६ करोड संकलन



हाम्रो इकोनोमि

 

सामाजिक कामका लागि जनता एकजुट भए के सम्भब हुँदैन भन्ने गतिलो उदाहरण बनेका छन् बुटवलका नागरिक । उनीहरूले मुटु अस्पताल निर्माण गर्न तिहारमा देउसी-भैलो खेलेर ६ करोड रुपैयाँ संकलन गरेका छन् ।

बुटवल उपमहानगरपालिका-१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माणका गर्ने लक्ष्य उनीहरूको छ ।

लायन्स क्लब अफ बुटवल बेलबास सिटीले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन गरेको करिब ६ करोड र सेयर सदस्यबाट उठाएको १० करोड खर्च गरेर अस्पताल बनाउँदैछ ।

तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महशुस भएपछि त्यसको तयारी गरिएको र अहिलेसम्म ६ करोड रकम संकलन गरेको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए ।

अस्पतालको सहआयोजक लायन्स क्लब अफ बुटवल बेलबास सिर्जनशील रहेको छ ।

आफूहरुले जग्गा ब्यबस्थापनका लागि वडा १२ र वडा १३ को स्थानीयसँग पटकपटक छलफल गरिरहेको वडानम्बर १३ का अध्यक्ष नारायण पुनले बताए । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

बुटवलको तिनाउपारि ठूलो कुनै अस्पताल नभएको अबस्थामा यो पहलले सबैमा सकारात्मक प्रभाव परेको भन्दै अहिलेसम्म ५५० जनाले एक लाखको दरले रकम भैलोमा दिएको उनले बताए । अस्पतालको पहिलो चरणको कूल लगानी २० करोड हुनेछ ।

अस्पतालका लागि बुटवल उप-महानगरपालिकासंग जग्गा उपलब्ध गराउन अनुरोध गर्ने अध्यक्ष खड्काले बताए ।

२५ शैय्याको उक्त अस्पतालमा ‘आईसीयु’ र ‘सीसीयू’सहितका कक्ष हुनेछ । अस्पताल बनाउन आफूहरूले महाअभियान नै सुरू गरेको जनप्रतिनिधि तथा क्लबका सचिव बेदप्रसाद गैरेले बताए ।

उनले १० करोड आफूहरुले सङ्कलन गर्ने र अस्पतालका उपकरण लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको जानकारी दिए । लायन्स क्लब अफ इन्टरनेशनलले ६ करोडका उपकरण दिने बताइसकेको छ ।

अस्पतालका लागि भन्दै देउसी भैलोमा बुटवल-१३ का डण्डपानी खनालले तीन लाख तीन हजार ३३३ दान दिएका छन् । बुटवल १२ नयागांउका कृष्ण लम्सालले दुई लाख ५५ हजार ५५५ दिएका छन् ।

क्लबले एक हजार संस्थापक सदस्य बनाएर १० करोड संकलन गर्ने लक्ष्य लिएको छ ।

बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पनि सञ्चालनमा छ । उक्त अस्पताल रुपन्देहीकै तिलोत्तमामा जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...