राष्ट्रपति भण्डारीले गराइन् प्रदेश प्रमुखहरुको सपथ ग्रहण



हाम्रो इकोनोमि

 

 

नयाँ प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन्। मंगलबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश सरकार प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेर राष्ट्रपतिकहाँ पठाइएको थियो।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो।
७ प्रदेशका लागि पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए। विष्णु प्रसाईं (प्रदेश ३) सोमनाथ अधिकारी प्यासी (प्रदेश १) धर्मनाथ यादव (प्रदेश ५)  गोविन्द कलौनी (कर्णाली प्रदेश) पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, अमिक शेरचन, (गण्डकी प्रदेश) तिलक परियार (प्रदेश २) र शर्मिला पन्त त्रिपाठी (सुदूरपश्चिम प्रदेश) पूर्व माओवादीका हुन्।

आइतबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...