दुर्गेश थापाको नयाँ ‘भर्सन’ मा ‘डन आयो डन’ बन्यो यस्तो गित



हाम्रो इकोनोमि

 

गायक दुर्गेश थापाले आफ्नो गीत विवादमा तानिएपछि क्षमा मागेका छन । उनले तिहारको अवसर पारेर सार्वजनिक गरेको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत विवादमा तानिनुको साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो ।

थापाले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै गीतका कारण मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृति विचलन आएकोप्रति क्षमा मागेका छन् । साथै उनले नयाँ भर्सनमा गीत समेत सार्वजनिक गरेका छन् ।

‘मेरो गीतका कारण प्रतिबन्धित गाँजा र इलेक्ट्रोनिक माध्यम युट्युब लगायतका च्यानलबाट मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृतिक विचलन आएकोप्रति क्षमाप्रार्थी छु,’ दुर्गेशले विज्ञप्तिमार्फत भनेका छन् ।

उनले प्रहरीको आग्रहपछि सो गीत युट्युबबाट हटाइसकेको र आगामी दिनमा त्यस्ता सामाजिक, सांस्कृतिक सद्भावमा खलल पुग्ने खालका गीत तथा म्युजिक भिडियो प्रकाशन र प्रशारण नगर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

‘यो गीत अन्य कसैले कपी गरी प्रसारण नगरिदिनु हुन समेत सार्वजनिक रुपमा अनुरोध छ,’ उनको आग्रह छ । यद्यपि सो गीत युट्युबमा अरुले अपलोड गरिएको भने भेट्न सकिन्छ ।

मोडल तथा गायक थापाले ‘अञ्जानवश’ नशालु पदार्थ गाँजा खान उत्प्रेरित/प्रोत्साहन गर्ने शब्द प्रयोग गरिएको बताएका छन् ।

गायक थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । उक्त गीत विवादमा आएपछि उनले युट्युबमा उक्त गीतमा कमेन्ट गर्ने सुविधा नै हटाएका थिए । गीतका बारेमा सोधपुछ गर्न थापालाई महानगरीय प्रहरी परिसरले मंगलबार नियन्त्रणमा लिएको थियो ।

नयाँ भर्सनको ‘डन आयो डन’ बोलको गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...