तपाईं देब्रे कोल्टो परेर सुत्नुहुन्छ कि दाहिने ? जानौं कसरी सुत्ने



हाम्रो इकोनोमि

 

तपाईं सुत्दा कुन कोल्टो सुत्ने गर्नुहुन्छ ? जुन मन लाग्छ त्यहीचाहिँ नभन्नुहोला । यद्यपि सुत्ने तरिका व्यक्ति अनुसार फरक हुन सक्छ । बिर्सन नहुने कुरो के हो भने, सुताइको मुद्राले स्वास्थ्यमा सकारात्मक वा नकारात्मक प्रभाव पार्ने गर्छ । त्यसैले यसमा सचेतता अपेक्षित मानिन्छ ।

सुत्दाताका देब्रे कोल्टो फेरेर सुत्नु फाइदाजनक हुन्छ । यसरी सुत्दा हाम्रो शरीरमा जम्मा भएको/हुने विषाक्त पदार्थ बिस्तारै लिम्फेटिक प्रणालीद्वारा बाहिर निस्किन्छ । यति मात्र नभई, देब्रेतर्फ फर्केर सुत्दा हाम्रो कलेजोमा कुनै दबाब पर्दैन ।

यसले गर्दा पाचनतन्त्रले आराम पाउने गर्छ । अनि हामी राति सुतेका बेला पेट र प्यांक्रियाजले खाना पचाउने काम सजिलै गर्न सक्छन् । देब्रे कोल्टो सुत्दा प्यांक्रियाजबाट एन्जाइम ठीक समयमा निस्किन पाउँछ । अर्कातिर, यसरी सुत्दा शरीरमा रक्तसञ्चार राम्रो किसिमले हुने गर्छ र निद्रासमेत राम्ररी लाग्छ । यसरी सुत्दा थकाइ अनुभव हुन पाउँदैन ।

देब्रे कोल्टो सुत्दा पेटको एसिड माथितर्फ (मुखतिर) नगई तलतिरै बस्छ । यसले गर्दा एसिडिटी वा छातीमा जलनको समस्या हुन पाउँदैन ।

देब्रेतर्फको सुताइका कारण हामीले खाएको भोजन सानो आन्द्राबाट ठुलो आन्द्रासम्म आरामले जान सक्छ । यसैले बिहान पेट सजिलै सफा हुन्छ । गर्भवतीहरूले समेत देब्रे कोल्टो सुत्नु निकै उत्तम मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...