पक्राउ पर्ने पालो अब उपेन्द्र यादवको



हाम्रो इकोनोमि

 

धमाधम ‘पावरफुल’ व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन् । प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका हुन् ।

गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन् । यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी छ ।

रौतहटको १२ बर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको दबाब प्रहरीमाथि परेको छ ।

यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधानमन्त्रीकै पद खुस्कने निश्चित छ । हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्धको जाहेरी जिल्ला अदालत रौतहटमै १३ वर्षदेखि विचाराधीन छ ।

७ चैत २०६३ मा गौर नरसंहार भएको थियो । जसमा २७ जना माओवादी कार्यकर्ताको विभत्स हत्या भएको थियो । माओवादी कार्यकर्ताहरुलाई लखेटी लखटी बिभत्स ढंगले हत्या भएको थियो । त्यो घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता यादबविरुद्ध मृतकका परिवारले उजुरी दिएका थिए । तर, अहिलेसम्म सो घटनाको अनुसन्धान प्रहरीले गरेको छैन । आलमलाई पक्राउ गरेपछि यादवलाई पनि पक्राउ गरी कारबाही गर्न गौर हत्याकाण्डका पीडितहरु प्रहरीमा जान थालेको स्रोत बताउँछ । तराईमा माओवादीलाई भगाएर आफ्नो राजनीति स्थापित गराउन उपेन्द्र यादबको निर्देशनमा गौर हत्याकाण्ड भएको थियो ।

पीडितहरुले दबाब दिएमा यादवलाई पक्राउ गर्न प्रहरी बाध्य हुने अवस्था छ । स्रोतका अनुसार आलममाथिको अनुसन्धान सकिए लगत्तै सो घटनाको अनुसन्धान समेत सुरु गर्ने प्रहरी तयारी छ । जसमा उपेन्द्र यादवलगायत तत्कालीन फोरमका धेरै नेता पक्राउ पर्ने निश्चित छ ।

दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...