राजपा फुटाएर सरकारमा जाने महतोको चेतावनी



हाम्रो इकोनोमि

 

सत्तासाझेदार दल समाजवादी पार्टीसँगको एकीकरण विवादले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेपाल विभाजनको संघारमा पुगेको छ ।राजपा नेपाल अध्यक्ष मण्डलका बीच एकीकरण विषयमा मतभेद बढ्दै गएपछि पार्टीले दुई चिरामा विभाजित हुन पुगेको छ । राजपा नेपाल अध्यक्ष मण्डलको आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकमा एकीकरणकै विषयमा नेताहरुबीच चर्काचर्की भएको छ ।

बैठकमा अध्यक्ष मण्डलका पूर्व संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँगको एकीकरण विषयमा समान्य जानकारी गराए । अहिले छलफल चलिरहेको बताउँदै उनले प्रगति केही नभएको जानकारी गराए । राजपा स्रोतका अनुसार विभिन्न प्रस्तावमा छलफल भइरहेको भए पनि सहमती केही नभएको महतोले बैठकमा जानकारी गराए ।

महतोले एकीकरणको बारेमा बोल्दै गर्दा अध्यक्ष मण्डलका पूर्व संयोजकद्वय राजकिशोर यादव र अनिलकुमार झाले प्रतिप्रश्न गर्दै पार्टीमा सल्लाहै नगरी किन वार्ता गरेको भन्दै उनको चर्को आलोचना गरेको राजपा स्रोतले जनाएको छ ।

नेता झाले बैठकमा महतोले आफूहरुका बारेमा अशिष्ट ढंगले व्यक्तिगत लाञ्छना लगाइ बदनाम गरेको विषयमा आक्रामक ढंगले प्रस्तुत भएका थिए । बैठकमा नेता झाले महतोमाथि चोर औँला ठड्याउँदै प्रतिप्रश्न समेत गरेको बताइन्छ । बैठकमा झा र यादवले एक स्वरमा महतो शैलीको तीव्र विरोध गरेका थिए । त्यसपछि महतो पनि आक्रोशित बनेका थिए ।

महतो र झाबीच चर्काचर्की हुन थालेपछि संयोजक महन्थ ठाकुरले साम्य पार्ने प्रयास गरेका थिए । ठोस विषयमा सहमती नहुँदा एकीकरण नहुने बताउँदै ठाकुरले अहिलेकै अवस्थामा एकीकरण नहुने भन्दै महतो र झालाई अनुशासनमा बस्न निर्देशन दिए ।

ठाकुरको कुरा नसक्दै महतोले जसरी पनि एकीकरण हुने भन्दै एकीकरणको पक्षमा नहुनेले आफ्नो बारेमा सोच्नुपर्ने चेतावनी दिए । राजपा नेपालको वार्ता टोली संयोजक समेत रहेका महतोले झालाई एकीकरणको विरोध गरेर केही नपाउँने भन्दै बढी आक्रोशित बन्न जरुरी नरहेको भन्दै थर्काए ।

‘एकीकरण त जसरी पनि हुन्छ, बढी चिन्ता लिनुपर्दैन’ महतोले बैठकमा भने, ‘तपाई एकीकरणको बिरोध गरेर रोकिदैन, तपाई मन लागे संगै आउनुहोला नभए हिजो जस्तो छुटै पनि बस्न सक्नुहुन्छ ।’

महतोको कुरा नसकिदै झाले पुनः उनको कुरा काट्दै तपाई एकीकरण गर्ने भए गर्नु हामी एकीकरणको पक्षमा छैनौं भनेको थिए । त्यसपछि महतोले एकीकरणको विरोध गर्नेको अवस्था ठिक नहुने भन्दै जसरी पनि एकीकरण हुने चेतावनी दिए ।

महतो र झाबीच चर्काचर्की हुन थालेपछि पार्टी कार्यालयका अन्य नेता तथा कर्मचारी बैठक कक्षसम्म पुगेका थिए । उनीहरुले बाहिर पार्टी अब यसरी एकजुट हिसाबले नचल्ने भन्दै आपसमा नेताको अभद्र शैलीको आलोचना गरिरहेका थिए ।

बैठकमा ठाकुर, महतो, झा, महेन्द्रराय यादव मात्रै सहभागि थिए । शरदसिंह भण्डारी र राजकिशोर यादव उपत्यका बाहिर रहेकाले बैठकमा सहभागि थिएनन् ।

समाजवादीसँग एकीकरण गर्न महतो, महेन्द्र र भण्डारी एकपक्षमा उभिदै आएका छन भने झा र राजकिशोर एकीकरणको विरोधमा रहेका छन् । ठाकुर एकीकरण पछि बन्ने पार्टीको प्रमुख पद पाए मात्रै एकीकरण गर्ने नपाए नगर्ने पक्षमा रहेका छन् ।

केही समय यता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, महतो, ठाकुर लगायतका नेताबीच बिभिन्न प्रस्तावमा एकीकरणका लागि वार्ता चलिरहेको छ ।

यादव र भण्डारी काठमाडौं आएपछि बुधबार पुन अध्यक्ष मण्डलको बैठक बस्ने बताईएको छ । एकीकरण अहिलेकै अवस्थामा नगरी पार्टीको महाधिबेशन गर्नुपर्ने पक्ष पार्टीमा बलियो देखिएको छ । बुधबार अध्यक्ष मण्डलको बैठक पश्चात राजनीतिक समितिको बैठक बोलाउँने तयारी ठाकुरले गरेका छन् । सो बैठकमा एकीकरण, पार्टी महाधिवेशन, उपनिर्वाचन लगायत विषयमा छलफल हुने राजपा नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...