मेरो पालामा इतिहासमै नभएका काम भए – प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो टुक्का सहितको भाषणका लागि परिचित छन् । उनले प्राय घतलाग्दो शैलीमा भाषण दिएर मख्खै पार्ने गरेका छन् भने आफ्नो विरोधीको त भाषणबाटै सातो खाँदै आएका छन् । सोमबार उनै प्रधानमन्त्री ओलीले आफ्नो पालामा इतिहासमै नभएका कामहरु सम्पन्न भएको दाबी गरेका छन् ।

सोमबार नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘कुरा गर्ने मान्छेहरु कुरा गरिरहेका छन् । सरकारले काम गरिरहेको छ । दुरगामी असर पार्ने कदमहरु चालेको छ ।’ त्यस्तै, उनले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको पनि बताए । उनले भने, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’

उनले ठेकदार कम्पनीलाई पनि समयमै काम सम्पन्न होस् भनेर सचेत गराएका छन् । नेपालभित्र काम जिम्मा लिएर समयमा नगर्ने देखिएको भए पनि जापानी कम्पनीले समयमै काम गर्ने गरेको अनुभव रहेको बताए । उनले आफूले पानी जहाजको कुरा गर्दा कतिपयले खिल्ली उडाएपनि अहिले कोलकाताबाट विराटनगर नजिकसम्म पानी जहाज आउन थालेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...