प्रधानमन्त्री ओली र प्रचण्डबीच खटपट !



हाम्रो इकोनोमि

 

नेकपाका दुई अध्यक्षबीच खटपटको अवस्था देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विवादास्पद अभिव्यक्तिले यसको संकेत गर्छ ।

चण्डले केही दिनअघि पार्टीमा अराजकता बढेको संकेत गर्दै भनेका थिए, ‘त्यो ग्यास्ट्रिकको अवस्थामा छ । अल्सर भयो भने जटिल हुन्छ । क्यान्सर भयो भने त निकै हुँदैन ।’ उनले पूर्वी युरोपको अवस्था नेपालका कम्युनिस्टमा आउन सक्ने पनि बताएका थिए । क्युनिस्ट नेताले आफूलाई राजा–महाराजाजस्तै ठान्दा जनतासँगको दूरी बढेको उनको भनाइ थियो । उनको आशंका थियो– कतै नेपालका कम्युनिस्ट नेता पनि त्यो बाटोमा त छैनन् ?

उनले केही समययता अधिकांश भाषणमा यस्तै कुरा पटक–पटक उल्लेख गरेका छन् । त्यसमाथि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि अर्को कुरा उनले थपेका छन् । सीले जे भने त्यसको कमी आफूले महसुस गरेको उनले बताएका छन् । यसको संकेत भनेको पार्टीमा अनुशासन उल्लंघनकै कुरा हो । उनी यसरी किन असन्तुष्टि व्यक्त गरिरहेका छन् ? यसमा ओलीसँगको खटपट नै मुख्य कारक देखिन्छ । ओली विदेश भ्रमणमा रहेका बेला प्रचण्डले ‘भद्र सहमतिको कुरा उठाएका थिए । त्यो प्रकरण त्यत्तिकै सेलाएर गएको थियो । यस बेला आएर पार्टीका दुई अध्यक्षको विवादास्पद भनाइ आउनुले खटपटको संकेत गर्छ ।

ठूला दैनिक पत्रिकाले हालै प्रधानमन्त्री ओलीका विशेष अन्तर्वार्ता छापेका छन् । दुवै अन्तर्वार्तामा उनले प्रचण्डसँग असन्तुष्टि जनाएका छन् । अन्नपूर्ण पोस्ट्ले ‘सोभियत शासनजस्तो टेकोमा छैनौं हामी’ भनेर अन्तर्वार्ता प्रकाशन गरेको छ । कान्तिपुरले ‘मलाई लखेटेर हटाउन सम्भव छैन’ शीर्षकमा अन्तर्वार्ता छापेको थियो ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...