महरा परिवारले छाड्यो बालुवाटार, कतै डेरा नपाएपछि आफन्तकोमा शरण



हाम्रो इकोनोमि

 

यौनदुराचारको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि उनको परिवारले काठमाडौंमा भनेजस्तो डेरा पाएन । बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट असोज १९ गते महरा पक्राउपरेका थिए । त्यसपछि महरा परिवारले सरकारी निवास छाडेको छ । तर, भनेजस्तो डेरा नपाएपछि पारिवारिक सदस्य बाँडिएर बसेका छन् ।

सरकारी निवास छाडेपछि परिवार अट्ने ठूलो घर फेला नपरेपछि महराको पारिवारका सदस्यहरु बाँडिएर बसेका हुन् । महराका परिवारका सदस्य अहिले धोविघाट र लाजिम्पाटमा बसेका छन् । महरा पत्नी सीता धोबीघाटमा र उनीहरुका छोराछोरी लाजिम्पाटसहित आफन्तकोमा बस्दै आएका छन् । परिवार ठूलो भएकाले नयाँ घरको खोजी भइरहेको बताइएको छ ।

गएको असोज १२ गते महरामाथि यौनदुराचाराकोआरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले असोज १८ गते किटानी उजुरी दिएपछि निवर्तमान सभामुख महरा असोज १९ गते सरकारी निवासबाट पक्राउपरेका थिए । महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

न्यायिक हिरासतमा रहेका महराको आइतबारबाट सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु गरिएको छ भने उनलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको छ । सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका महरा अस्वस्थ भएपछि नर्भिक अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...