कुन समयमा फलफूल खान हुँदैन ?



हाम्रो इकोनोमि

 

खानपिनका लागि प्रकृतिले हामीलाई अनेकौं परिकारह दिएको छ । ती परिकारहरुमा पनि हामीले विभिन्न स्वाद तयार पारेर आफ्नै किसिमको खाना बनाउने गरेका छौं । एकातिर प्रकृतिले दिएको स्वादलाई जस्ताको त्यस्तै आश्वाधन गर्न हाम्रा केही फलफूलहरु तयार छन् भने कृतिम स्वाद बनाएर पनि यावत किसिमका खानाहरु खाने गरिन्छ ।

सभ्यताको सुरुवातमा सबै कुराहरु काँचै खाने चलन थियो । कुनै समय फलफूलले मात्रै जीवन धानेका मानिव जाति अहिले नियमित खानाको रुपमा कृतिम स्वाद लिएर प्राकृतिक स्वादको लागि फलफूल खाने गर्दछन् । हामीलाई प्रकृतिले काँचै खानको लागि दिएको फलफुलहरु पनि समय मिलाएर खाएमात्रै फाइदाजनक हुन्छ । अन्यथा यो पनि शरीरको लागि घातक हुनसक्छ ।

आयुर्वेदले अन्य खानाहरु जस्तै फलफूल खानको लागि समेत विभिन्न नियम बताएको छ । अहिले विज्ञानले रासायनिक प्रतिक्रिया भएर फलहरुको मिश्रणले शरीरलाई नोक्सानी गर्ने बताउँछ । त्यस्तै, रासायनिक प्रतिक्रियाको कुरा नगरे पनि आयुर्वेदले प्राचीनकालमा नै खाना सम्बन्धी समय र नियमहरु प्रस्तुत गरेको छ । जस्तो बिहान अमिलो, दिउँसो रायो (साग) र बेलुका मुला खानु मृत्युलाई निमन्त्रण दिनु समान हो भन्ने आयुर्वेदिक मान्यता छ । यसलाई हाम्रो दैनिक जीवनमा समेत एउटा कहावतको रुपमा प्रयोग गर्ने गरेका छौं । त्यसैगरी अरु पनि आयुर्वेदले विभिन्न किसिमका कुराहरु उल्लेख गरेको हुन्छ ।

दूधमा मिसाएर खान नहुने फलहरु

आयुर्वेदले केही फलहरुलाई दूधमा मिसाएर खान नहुने फलको रुपमा उल्लेख गरेको छ । जुन फल पूरा रुपमा गुलियो हुँदैन, जुन फलमा थोरै मात्रै भएपनि अम्ल (एसिड)को मात्रा हुन्छ । त्यस्तो फललाई दूधमा मिसाएर खानु हुँदैन भन्ने मान्यता छ । गुलियो नै भएपनि केरालाई दूधमा मिसाएर खान नहुने सुझाव आयुर्वेदले दिएको छ ।

खाना लगत्तै खान नहुने फल

आयुर्वेदका अनुसार कुनैपनि फलहरु खाना खानेबित्तिकै खानु हुँदैन । यसको पछि पनि एउटा आधारभूत कारण छ । फलले हाम्रो पाचन प्रक्रियालाई प्रभावित गर्छ । जसका कारण खाना लगत्तै फल खाँदा हाम्रो पाचन प्रणाली बिग्रन जान्छ । यस्तो गर्दा यसबाट एसिडिटी पनि हुनसक्छ ।

सागपातसँग फलफूल बर्जित

आयुर्वेदका अनुसार नपकाइएको खानासँग कहिलै पनि पकाएको खाना खानु हुँदैन । किनकी शरीरमा काँचो र पाकेको फल पचाउनको लागि छुट्टा छुट्टै शक्तिको आवश्यकता पर्दछ । यो दुबै फल एकै पटक खाँदा यसले पनि पाचन प्रक्रियामा असर गर्ने गर्दछ ।

हामीले खाने फलमा जुन प्राकृतिक मिठास हुनेगर्छ त्यो नै सबैभन्दा धेरै पोषण युक्त खाना हो । तर, केमिकल वा अन्य प्रविधिबाट स्वादमा परिवर्तन गरिएको कृतिम जुसमा कृतिम स्वीट्नर्स र पि्रजर्भेटिभ्स हुने भएकोले यो पौष्टिकताको हिसाबले त्यत्ति उपयुक्त हुँदैन । आयुर्वेदका अनुसार जुसलाई खुल्ला ठाउँमा निकालेर राख्नु हुन्न । बट्टा या बोतलबाट निकालेपछि यसलाई तत्कालै पिउनुपर्छ ।

कुन् समयमा खाने फल ?

आयुर्वेदले बिहानको समय फल खानको लागि एकदमै फाइदाजनक रहेको उल्लेख गरेको छ । अमिलो फललाई छाडेर अरु सबै किसिमको फलहरु बिहान खाली पेटमा नै खान सकिन्छ । यसरी बिहान खान सक्ने फलफूलमा केरा, नासपाती आदि पर्छन् । खासगरी स्याउलाई बिहानको समयमा खानु राम्रो हुन्छ । यसमा प्रोटिन हुन्छ । जसले हाम्रो आँतलाई स्वस्थ राख्ने गर्दछ ।

यी खानाले घटाउँछ वजन

खाना खानुभन्दा केही समय अघि मात्रै फल खानु स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक मानिन्छ । यसले धेरै खाना खाने समस्याबाट पनि रोक्छ र शरीरमा खाना सन्तुलित हुन्छ भन्ने आयुर्वेदको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...