बत्तिको टेन्सन नलिनु ढुक्कसगँ तिहार मनाउनु : कुलमान घिसिङ



हाम्रो इकोनोमि

 

झिलिमिली’को चाड भनेर चिनिने तिहार नजिकिएको छ । अबको केही दिनमै तिहारले छपक्क छोप्दै छ । तिहारमा सबैतिर झिलिमिली बत्ती बाल्ने गरिन्छ । परम्परागत दीयो, दियालो र मैनबत्तीले घरआँगन सजाउने परम्परा भए पनि पछिल्लो समय बढ्दो आधुनिकतासँगै हाम्रो संस्कृतिमा समेत बदलाव आएको छ । अहिले तिहारमा परम्परागत दीयो, दियालोभन्दा पनि आधुनिक बत्तीहरुको प्रयोग र माग उच्च हुन थालेको छ । यसले विद्युत खपतको माग समेत उच्च गराएको छ । तिहारलाई विद्युत खपत र लोडका हिसाबले विद्युत व्यवस्थापनको मुख्य चुनौतीको समय मानिन्छ ।

कति हुन्छ विद्युत खपत ?

तुलनात्मक रुपमा सामान्य दिनको तुलनामा तिहारको समय विद्युत खपतको दर झण्डै ८० प्रतिशतले बढ्ने गर्छ । विशेषगरी लक्ष्मी पूजाको दिन विद्युत खपत उच्च रहन्छ । लक्ष्मी पूजाको दिन देशैभर करिब १३ सय मेगावाटसम्म विद्युत खपत हुन सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ ।

अहिले प्राधिकरणसँग उपलब्ध ९ सयदेखि एक हजार मेगावाटले नधान्ने अवस्था आए दुई सयदेखि तीन सय मेगावाट विद्युत भारतबाट आपूर्ति गर्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक(सिईओ) कुलमान घिसिङले बताए ।

‘तिहारमा बत्ती धेरै खपत हुन्छ । लोड धेरै पर्छ र विद्युत वितरणमा समस्या आउँछ भनेर नेपालीले चिन्ता नलिए हुन्छ । विद्युत प्राधिकरण जिम्मेवार छ । हामीले त्यसको व्यवस्थापन गरेका छौं,’ सिईओ घिसिङले भने, ‘तिहारमा अधिकतम १२ सय देखि १३ सय मेगावाटसम्म विद्युत खपत हुनसक्ने प्राधिकरणको अनुमान छ । सरदर हजार मेगावाटसम्म खपत हुने हो, त्यो हाम्रै उत्पादनले धान्न सक्छ । यदि त्योभन्दा माथि गए बाहिरबाट विद्युत आपूर्तिको व्यवस्था गरेका छौं ।’

घिसिङका अनुसार नपुग दुई सयदेखि तीन सय मेगावाट विद्युत भारतबाट आपूर्ति गर्ने तयारी गरिएको छ । तिहारका बेला देशमा कलकारखाना तथा उद्योगधन्दाहरु बन्द हुने हुँदा विद्युत खपतसमेत कम हुने उनको भनाइ छ । त्यसैले तिहारमा नेपालीहरुले जति बाले पनि विद्युत वितरणमा समस्या नआउने घिसिङको भनाइ छ ।

सहज विद्युत वितरणका लागि कर्मचारी स्ट्याण्डबाई

तिहारको समयमा विद्युत खपत, लोड र विद्युत वितरणमा आउन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै कर्मचारी स्ट्यान्डबाई राखिने घिसिङले बताएका छन् । जहाँ समस्या आयो त्यहाँ तत्काल आपूर्ति सहजिकरण गर्न कर्मचारी खटाइने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।

तिहारका बेला सहज विद्युत वितरणका लागि व्यवस्थापनमा आफू स्वयम् खट्ने उनको योजना छ । त्यसो त घिसिङ तिहारकै बेला काठमाडौँलाई लोडसेडिङ्गमुक्त बनाएर चर्चामा आएका थिए । उनले २०७४ सालको तिहारमा काठमाडौँ उपत्यकालाई लोडसेडिङ्गमुक्त घोषणा गरेका थिए । पछि घिसिङले देशका अन्य मुख्य सहरलाई समेत लोडसेडिङ्गमुक्त बनाउँदै देशलाई नै लोडसेडिङ्गमुक्त बनाउने महाअभियानमा लागेका थिए । अहिले पुरै देश लोडसेडिङ्गमुक्त बनेको छ ।

४० प्रतिशत विद्युत खपत काठमाडौँमै

तिहारका बेला अधिकतम विद्युत खपत काठमाडौँमा हुने प्राधिकरणको अनुमान छ । देशैभरीको विद्युत खपत र मागको दरलाई हेर्दा पूर्ण प्रतिशतको करिब ४० प्रतिशतमात्र काठमाडौँ एक्लैले गर्ने देखिन्छ । त्यसोत अन्य सामान्य दिनहरुमा पनि अन्य क्षेत्रहरु भन्दा काठमाडौँको विद्युत खपतको दर उच्च रहने गर्छ । यस बेला ३५० देखि ४०० मेगावाट विद्युत काठमाडौँमा खपत हुने विद्युत प्राधिकरणले जनाएको छ । अरु बेला काठमाडौँमा दुई सयदेखि अधिकतम तीन सय मेगावाट विद्युत खपत हुने गर्छ ।

तिहारलाई नै लक्षित गर्दै प्राधिकरणले काठमाडौँमा विशेष संयमितता अपनाएको र सोही बमोजिम कार्य व्यवस्था मिलाइएको घिसिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...