संसारभर आर्थिक मन्दी बढ्ने त्रास, चीनको आर्थिक बृद्धिदर लगातार किन खस्कँदैछ



हाम्रो इकोनोमि

 

अमेरिकाका साथ व्यापार युद्ध (ट्रेड वार) गरिरहेको र घरेलु बजारको मागमा समेत ह्रास भोगिरहेको चीनियाँ अर्थतन्त्र लगातार खस्कने क्रममा देखिएको छ ।

चालु आर्थिक बर्षको दोस्रो चौमासिकमा पनि चीनियाँ आर्थिक बृद्धिदर अपेक्षाभन्दा कमजोर भएको छ । सरकारी आंकडाअनुसार पछिल्लो चार महिनाको अवधीमा कूल गाहस्र्थ उत्पादन (जीडिपी) बृद्धिदर ६ प्रतिशत कायम भएको छ ।

अर्थव्यवस्थालाई बलियो बनाउने बेइजिङ्गको प्रयासका विपरित चीनियाँ आर्थिक बृद्धिदरमा संकुचन देखिएको हो । चीनले यसअघि नै कर कटौतीजस्ता बृद्धिदर बढाउने उपायहरु अबलम्बन गरिसकेको छ ।

ताजा तथ्यांकहरुले विश्वकै दोस्रो ठूलो अर्थव्यवस्थाको बृद्धिदर रफ्तार पछिल्लो तीन दशकको तुलनामा निकै सुस्त अवस्थामा पुगेको देखाएको बीबीसीले  उल्लेख गरेको छ ।

चीनको अर्थतन्त्रमा देखिने उतारचढावले विश्वकै अर्थव्यवस्थामा निकै महत्व राख्छ । हालैका दशकहरुमा चीनको अर्थव्यवस्थाले समग्र विश्वको अर्थव्यवस्थामा इञ्जिनको काम गरिरहेको छ । तर, चीनको अर्थव्यवस्थामा देखिएको गिरावटका कारण वैश्विक अर्थव्यवस्थामै सीधा असर र आर्थिक मन्दीको खतरा बढिरहेको छ ।

सन् १९९२ मा चीनको आर्थिक बृद्धिदरले १४ प्रतिशतको आंकडालाई भेटेर विस्तारै तल झर्न थालेको थियो । फेरि सन् २००८ मा पनि चीनमा १४ प्रतिशतकै बृद्धिदर हासिल भएको थियो । त्यसपछि चीनियाँ कूल ग्राहस्थ उत्पादन बृद्धिदरमा लगातार गिरावट आइरहेको छ ।

‘क्यापिटल इकोनोमिक्स’मा काम गर्ने चीनियाँ अर्थव्यवस्थाका जानकारी जुलियन इवान्सका अनुसार चीनको अर्थव्यवस्था निकै दबाबमा छ र यो स्थिति आउँदो महिनाहरुमा अझै बढ्नेछ ।

चीनियाँ नीति–निर्माताहरुले यो अवस्था अन्त्य गर्न थप कदम चाल्न जरुरी रहेको, तर कुनै पनि नयाँ उपायले अर्थतन्त्रमा सुधार ल्याउन समय लाग्ने इवान्स बताउँछन् ।

चीन र चुनौतीहरु 
अघिल्लो सालदेखि नै अमेरिकासँग चीनको व्यापार युद्ध जारी छ, जसका कारण व्यवसायिक कारोबार र उपभोक्तामा एक प्रकारको अनिश्चितताको माहोल बनिरहेको छ ।

अर्कोतर्फ चीन यतिखेर घरेलु चुनौतीसँग पनि जुधिरहेको छ । यसमा स्वाइन फीवर पनि पर्छ । महंगी बढेका कारण उपभोक्ताको खर्च गर्ने क्षमतामा कमी आइरहेको छ ।

अन्तराष्ट्रीय मुद्रा कोष (आइएमएफ) ले यसै साता चीनको आर्थिक बृद्धिबारे पूर्वानुमान सार्वजनिक गरेको छ । आइएमएफका अनुसार यो बर्ष चीनको आर्थिक बृद्धिदर ६.१ वा ६.२ प्रतिशतले मात्र बढ्नेछ । आइएमएफले अमेरिकासँगको व्यापार युद्ध र घरेलु तनावलाई यसको मुख्य कारण बताएको छ ।

कयौं अर्थशास्त्रीहरुले चीनियाँ अर्थव्यवस्थामा यो भन्दा पनि धेरै गडबढ हुनसक्ने बताइरहेका छन् । चीनले पनि आर्थिक बृद्धिदरमा आएको सुस्तता चिन्ताजनक रहेको संकेत दिएको छ ।

केहि दिनअघि मात्रै चीनका प्रधानमन्त्री केकियाङ्गले स्थानीय अधिकारीहरुलाई यस बर्षको आर्थिक बृद्धिदर लक्ष्य पुरा गर्न सबै उपाय अपनाउन भनेका थिए ।

आर्थिक बृद्धिदरमा गिरावट चीनका लागि नयाँ विषय होइन । तर मौजुदा चुनौतीका कारण अवस्था ज्यादै गम्भीर बनिरहेको छ । अर्थव्यवस्था राम्रो भएमात्रै चीनको राजनीतिक व्यवस्था टिक्न सक्ने आंकलन गरिन्छ ।

बितेका ४० बर्षमा कम्युनिष्ट पार्टीले गरिरहेको शासन नै यसको प्रमाण हो । आफ्नो शासन कायम राखिरहन पनि अर्थव्यवस्था मजबुत बनाउनुपर्ने दबाब चीनियाँ कम्युनिष्ट पार्टीलाई परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...