इजलासमा महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क



हाम्रो इकोनोमि

 

आइतवार साँझ अबेर काठमाडौं जिल्ला अदालतको इजलासमा मनैदेखि अमिलो बनेका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाही प्रफुल्ल मुद्रामा देखापरेपछि उपस्थित सबैलाई आश्चर्य बनाएको थियो । त्यसो त यस अघिका इजलासमा उपस्थित हुँदा पनि उज्यालै अनुहारमा देखिने महरा यस पटक पनि हाँसीखुसी मुडमै देखा परेका थिए । उनलाई अनु सन्धानका लागि पाँच दिन म्याद थपको आदेश दिंदा पनि यसले कुनै असर पारेको देखिएको थिएन ।

विरामीको कारण देखाएर प्रहरीलाई बयान दिन अस्वीकार गर्दै आएका महरालाई सरकारी वकिलको कार्यालयमा लिएर करीब ६/७ घण्टा बयान लिएपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पुर्याइएको थियो ।

जिल्ला अदालत पुग्दा अबेर साँझ भैसकेको थियो । तैपनि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको अनुरोधमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महरालाई अनुसन्धानका लागि थप एकहप्ता थुनामा राख्न इजलाससमक्ष माग गरेअनुसार छलफल चलिरहेको थियो ।

न्यायाधीश बाबुराम सुवेदीको इजलासमा जिल्ला अदालतमा साँझ अबेरसम्म चलेको बहसमा महराले आफू र शाहीबीच पुरानै चिनजान रहेको दोहर्याइरहेका थिए । रोशनी शाही बिमारी छिन् भन्ने जानकारी पाएर त्यहाँ भेट्न गएको तर कुनै जबर जस्ती नगरेको पनि महराले इजलास समक्ष बताएका थिए । उनले शाहीको घरमा घट ना घटेको भनिएको समयमा आफू सहरी विकासमन्त्री महम्मद इस्तियाक राईसँग कुराकानी गरिरहेको पनि बताएका थिए ।

इजलास चलिरहँदा साँझ ६.०० बजे रोशनी शाहीले असोज १५ गते प्रहरीवृत्त बानेश्वरमा निवेदनदिंदा मिसिल छुट भएकाले संलग्नताका लागि भन्दै इजलाससमक्ष एक निवेदनसमेत् बुझाएकी थिइन् । बुझाइएको निवेदनमा शाहीले आफू डिप्रेसनको बिरामी रहेको, औषधी खाइरहेको, प्रहरीले जबरजस्ती उजुरी दिन लगाएको आदि कुराहरु उल्लेख गरेकी थिइन् । न्यायाधीश सुवेदीले शाहीलाई थप भनाइ केही छ कि भनी प्रश्न गर्दा शाहीले सबै कुरा निवेदनमा आइसकेकाले आफ्नो भन्नु केही नभएको जवाफ दिएकी थिइन् ।

संसद सचिवालय महिला कर्मचारी रोशनी शाहीमाथि यौ*न हिं* सा गरेको अभियोगमा प्रहरी अनुसन्धानमा रहेका महरालाई आइतवार जिल्ला अदालत काठमाडौंले पाँच दिने म्याद थपको आदेशसहित अनु सन्धानमा पठाएको छ । अदालतका न्यायाधीश सुवेदीको एकल इजलासले उक्त म्याद थपको आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस
चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...