गच्छदारका डन र राजावादीका कारण कांग्रेसभित्र भाँडभैलो, देउवा तनावमा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले अटेर गरेर केन्द्रीय सदस्यहरूको नाम दिएका कारण तत्कालीन लोकतान्त्रिक फोरमलाई पार्टीमा समायोजन गर्न कठिनाइ भएको छ ।

नेपाली कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको पार्टी एकतालाई पूर्णता दिएको बताए पनि कांग्रेस र फोरमबीचको पार्टी समायोजनका केही विषय अझै टुंगिएको छैन ।

नेपाली कांग्रेसले गत १० असोजमा बसेको केन्द्रीय समिति बैठकबाट तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको सहमतिअनुसार समायोजनलाई निर्णयमा पु¥याएको बताएको थियो ।

सो बैठकले स्थानीय तहदेखि नै गच्छदार नेतृत्वको तत्कालीन पार्टीसँग भएको सहमतिलाई तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, जिल्ला, संघीय निर्वाचन क्षेत्रसहितका सबै तहमा नेताहरूलाई जिम्मेवारी दिँदै केन्द्रीय सदस्यका लागि ११ जनाको नाम मागेको थियो ।

निर्णय भएको एक महिना पुग्नै लाग्दा समेत पार्टी एकतापछि उपसभापति बनेका गच्छदारले आफ्ना तर्फबाट समायोजन गर्ने केन्द्रीय सदस्यको नाम पार्टीमा बुझाएका छैनन् । उनले आफ्ना तर्फबाट केन्द्रीय सदस्य बनाउने नेताहरूको नाम सभापतिलाई दिन नसक्दा समायोजनमा तल्लै तहबाट अड्चन देखिन थालेको छ ।

उपसभापति गच्छदारले केन्द्रीय सदस्यका लागि केही नेताको नाम दिन सोही समय नै तयारी गरेको भएपनि केही नामका विषयमा असन्तुष्टि आएपछि उनी रोकिएको जनाइएको छ ।

गच्छदारले लोकतान्त्रिक फोरमका गणेश लामा र डा.गोपाल दहितलाई केन्द्रीय सदस्य बनाउन खोजेपछि कांग्रेसभित्र विरोध भएको जनाइएको छ । गणेश लामा पूर्व डन हुन् । डा.दहित पूर्वराजावादी हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको आकार ८५ सदस्यीय छ । अब गच्छदारलाई दिने नाम टुंगिए कांग्रेस केन्द्रीय समिति ९६ सदस्यीय हुनेछ ।

कांग्रेसले समायोजनलाई निष्कर्षमा पु¥याउन भन्दै उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा उपसभापति गच्छदार, सहमहामन्त्री डा. महत तथा केन्द्रीय सदस्यद्वय महेश आचार्य र दीपक गिरी सदस्य रहेको समायोजन समिति गठन गरेको थियो ।

नेपाली कांग्रेसले समायोजन समितिको सुझावअनुसार केन्द्रीय कार्यसम्पादन समितिमा समेत समायोजनको प्रस्तावलाई ध्यान राखी सहमतिका आधारमा समावेश गर्ने निर्णय गरेको थियो ।

तत्कालीन लोकतान्त्रिक फोरमलाई महासमितिको बैठकमा सहभागी दुई सय जना महासमिति सदस्यलसहित पर्यवेक्षकका रूपमा सहभागी १४८ जना तथा थप २५२ जनालाई महाधिवेशन प्रतिनिधि बनाउँदै कुल ६ सय महाधिवेशन प्रतिनिधि दिने निर्णय भएको थियो ।

नेपाली कांग्रेसले केन्द्रीय विभागको गठन गर्दा समायोजनको प्रस्ताव समेतलाई ध्यानमा राखी सहमतिको आधारमा समावेश गर्ने सहमति भएको थियो ।

प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने तथा अन्य सबै तहमा समेत सहमतिको खाका बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...