गर्भवती जाँच र महिनावारी हुने कर्मचारी महिलालाई बिदा



हाम्रो इकोनोमि

 

पछौटेपन उन्मुलन समाज (बेस) नेपालले गर्भवती जाँच गर्न र महिनावारी हुने कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । गर्भ परीक्षण गराउन चार दिन र महिनावारीका समय एक दिन आराम गर्न बिदा दिने निर्णय भएको संस्थाका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले बताउनुभयो ।

“गर्भवती भएका बखत सहजरुपमा गर्भ परीक्षण गर्नका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहन गर्न चार दिन र महिनावारीका बेला आराम होस् भनेर एक दिन बिदा दिने निर्णय गरी कार्यक्रम अगाडि बढाएका छौँ,” उहाँले भन्नुभयो ।

महिनावारीका समय बिदा दिन थालेको दुई वर्ष भइसक्यो । गर्भवती परीक्षणका लागि शनिवार पाल्पाको रामपुरमा भएको २७औँ वार्षिक साधारणसभाले नीति तथा कार्यक्रम पास गरी चार दिन बिदा दिने कार्यक्रम सुरु गरिएको जनाएको छ ।

सो अवसरमा संस्थाले सुप्रसिद्ध सिर्जना पुरस्कार–२०७६ बाट ज्योतिषशास्त्र माधवप्रसाद पाण्डेलाई नगद पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरेको छ । कर्मठ सदस्यलाई प्रदान गरिने कर्मवीर पुरस्कारबाट संस्थाका पूर्वअध्यक्ष तथा हाल निस्दी गाउँपालिका–१ का अध्यक्ष पूर्णबहादुर खाँणलाई सम्मान गरिएको छ ।

यसैगरी संस्थामा दस वर्षसम्म सेवा पूरा गरी निरन्तर कार्यरत कर्मचारी दानबहादुर रजाली र शकुन्तला नेपालीलाई दीर्घसेवा पुरस्कार, पाँच वर्षसम्म सेवा पूरा गरी निरन्तर कार्यरत साक्षरता कार्यक्रम पाल्पाका कर्मचारी भुपाल आले र सुआहारा नवलपरासीका भागिरथी पाललाई उत्कृष्ट पुरस्कार प्रदान गरियो ।

वार्षिक उत्कृष्ट कर्मचारी सुआहारा नवलपरासीमा कार्यरत पुरस्कारबाट संगीता अधिकारी, पाल्पामा कार्यरत कुश्माखर पाण्डे, पशुपति पन्थी, गेहेन्द्र पौडेललाई पनि सम्मान गरिएको हो ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले वार्षिक साधारणसभाको उद्घाटन गर्दै बेस नेपालले सामाजिक, आर्थिक विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा अत्यन्तै राम्रो काम गरेको देख्दा खुशी लागेको बताउनुभयो ।

उहाँले जिल्ला, प्रदेशको समग्र विकासको लागि आफुले सक्दो सहयोग गर्ने बताउदै संस्था चिनाउने माध्यम भनेको नै संस्थाले गर्ने काम रहेको बताउनुभयो ।

सुआहारा कार्यक्रमबाट पाल्पा जिल्लामा छ हजार ८८३ जना हजार दिनका आमालाई घरभेटमार्फत उनीहरुलाई स्वास्थ्य र पोषण सम्बन्धमा परामर्श सेवा, दुई हजार २०० घरपरिवारले स्वस्थ घर प्रवद्र्धनको लागि भेटघाटमार्फत सेवा र ७५२ घरपरिवारले पोसिलो खाना उत्पादनको लागि घरधुरी अवलोकन तथा परामर्श सहयोग पाएका छन् ।

यसैगरी नवलपरासीमा सुआहार कार्यक्रममार्फत तीन हजार पाँच गर्भवती आमा र चार हजार ७१२ बच्चाका आमाले घरभेटमार्फत परामर्श सेवा, ७१० वटा पोसिलो खाना प्रदर्शनी कार्यक्रमबाट जम्मा दश हजार ५७८ आमाले पोसिलो खाना बनाउने तरिका र यसको महत्वको बारेमा जानकारी लिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...