काखीको रौं र कालोपन हटाउने सजिलो तरिका (भिडियो)



गर्मी मौसम सुरु भएसँगै युवतीहरुमा ‘फेसन अन’ हुन्छ । यो महिना धेरै युवायुवतीको रोजाइमा पर्ने गरेको छ । गर्मी महिना भनेको युवतीहरुको फेसनेवल हुने समय पनि हो । गर्मीलाई लक्षित गरेर विभिन्न प्रकारका डिजाइनर ड्रेसहरु बजारमा आइसकेको छ । पसलमा झुण्डाइएको, सुन्दर डमीले लगाएको पहिरन देख्दा जोकोहीलाई त्यस्तै ड्रेस लगाउने इच्छा हुन्छ ।

गर्मीमा लगाउने पहिरन मध्ये युवतीहरुले एकदमै रुचाएको पहिरन स्लिभलेस हो । केहि युवतीहरुलाई स्लिभलेस पहिरन लगाउने इच्छा हुँदा हुँदै पनि लगाउन पाउँदैनन् । अन्डरआर्म्समा भएको कालोपनको कारण युवतीहरुले आफुलाई मनपर्ने डिजाइनको पहिरन लगाउँन पाउँदैनन् ।

अन्डरआर्म्समा कालोपन हुने धेरै कारण हुन सक्छ । धेरैचोटी सेभ गर्नु, गुणस्तरहिन कस्मेटिक प्रोडक्टको प्रयोग गर्नु, मृत छालाको कारण पनि छाला कालो हुन सक्छ । धेरै कसिलो पहिरन लगाउनाले वा हर्मोनले इन्फेक्सनको कारण पनि छालामा कालोपन आउन सक्छ । त्यसकारण आज हामीले अन्डरआर्म्सको कालोपन हटाउनको लागि घरेलु उपाय बताउने छौ, जसले गर्दा तपाईले निर्धक्क साथ स्लिभलेस पहिरन लगाउन सक्नुहुन्छ ।

१. वाक्सिङको प्रयोग गर्नेः

अन्डरआर्म्सको अनावश्यक रौं हटाउन सेभ गर्नुभन्दा राम्रो वाक्सिङ गर्नु हुन्छ । वाक्सिङ गर्दा रौं जराबाटै निस्कन्छ । त्यसको साथै मृत छाला पनि हटेर जान्छ र छाला सफा देखिन्छ ।

२. घरेलु प्याक लगाउनेः

अन्डरआर्म्सको कालोपन हटाउनको लागि घरमै प्याक बनाएर लगाउन सकिन्छ । बेसन, दही, कागती र बेसार मिसाएर प्याक बनाउने । उक्त प्याक हप्तामा एकपटक १५ देखि २० मिनेटसम्म अन्डरआर्म्समा लगाउने र सफा पानीले पखाल्ने । जसले कालोपन हटाउन मद्दत गर्छ ।

३. आलु लगाउनेः

आलु एक प्राकृतिक ब्लिच हो । दैनिक नुहाउनु भन्दा पहिले आलु टुक्रा बनाएर अन्डरआर्म्समा रगड्ने र पानीले पखाल्ने । यो विधिले छालाको कालोपन हटाउन सहयोग गर्छ ।

४. फिटकेरीको प्रयोग गर्नेः

कहिलेकाहि परफ्युमको प्रयोग धेरै गर्नाले पनि अन्डरआर्म्समा कालोपन आउँछ । परफ्युमको धेरै प्रयोगले अन्डरआर्म्स गन्हाउने हुन्छ । पसिना गन्हाउँछ भने घरेलु उपाय अपनाउन सकिन्छ । त्यसको लागि फिटकेरीले अन्डरआर्म्सको सफाई गर्न सकिन्छ । परफ्युमको प्रयोग संयमित ढंगले प्रयोग गर्नुपर्छ । त्यसको लागि गुणस्तरयुक्त परफ्युममा ध्यान दिनुपर्छ ।

काखीको रौं निकाल्न यी युवतीहरु ले सिकाए गजबको सजिलो तरिका (भिडियो)

काठमाडौ । केटि अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन् । त्यसैगरी अजकलका युवतीहरु गर्मीमा छोटा कपडा लगाएर शोअप भनौं या खुलेर हिड्न रुचाउने गर्छन्। यस्ता खालका कपडाहरु लगाउँदा उनीहरुको काखीमा हुने कालोपन र रौ देखिने तथा पसिना आउने हुँदा आफुलाई अरुको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन ।

काखीमा कालो दागी बस्नुका धेरै कारणहरु हुने गर्दछन्। जस मध्ये केहि भने आफ्नो काखी राम्रो सँग सफा नगर्दा र कसैकोचाहिँ धेरै कम्पनीहरुका कास्मेटिक सामग्रीहरु प्रयोग गर्नाले यस्तो हुन्छ । जसको कारणले हाम्रो शरीरमा थुप्रै रोगहरु लाग्न सक्ने सम्भावना पनि हुन्छ।

यो समस्याबाट मुक्ति पाउनको चाहनुहुन्छ भने यी घरेलु उपायहरु अपनाउन सक्नुहुन्छ जस्तै चिनी ।

चिनीको प्रयोगबाट तपाईको काखी भएको कालो भाग हटाई शरीरको अन्य भाग सरह गोरो हुने गर्छ। यसको लागी तल भएका उपायहरु अपनाउनहोस्

माथिको भिडियोबाट स्पष्ट भएन भने उनीहरुले यस भिडियोको दोस्रो भाग पनि युट्युवमा अपलोड गरेका छन् । हेर्नुहोस काखीको रौं निकाल्ने दोस्रो भिडियो

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग