काठमाण्डौका सडक अलपत्र पार्ने १६ ठेकेदारलाई पक्राउ गर्ने सरकारको तयारी



हाम्रो इकोनोमि

 

उपत्यकाका सडक निर्माण अलपत्र पार्ने १६ ठेकेदार कम्पनीलाई सरकारले समयमै काम सक्न चेतावनी दिएको छ । सडक तथा पुल निर्माणको ठेक्का पाएका कम्पनीले शर्त अनुसारको काम नगरेको र ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन काठमाण्डौले कालोसूचीमा राख्न सिफारिस गर्नेसम्मको चेतावनी दिएको हो ।

१६ वटा ठेकेदार कम्पनीलाई काम बेलैमा सक्न र गुणस्तरीय काम गर्न पटक–पटक निर्देशन दिँदा पनि काम सम्पन्न नभएको भन्दै विभागले ७ दिने स्पष्टिकरण सोधेको छ । काम सक्ने स्पष्ट आधारसहितको चित्त बुझ्दो स्पष्टिकरण नदिए उनिहरुलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालाई सिफारिस गर्ने सडक विभागले जनाएको छ ।

यस्तै, ठेक्का वापत राखिएका सम्पुर्ण कागजात जफत गर्ने, ठेक्का सम्झौताको बाँकी रहेको काम पूरा गर्न आवश्यक पर्ने रकम ठेकेदारबाटै असुल्ने,  निर्माणस्थलको सुरक्षा गर्न लाग्ने खर्च असुल गर्ने र सार्वजनिक निकायले बेहोर्ने थप खर्च सरकारी बाँकी सरह असुल गरिने पनि विभागले चेतावनी दिएको छ ।

सडक डिभिजन कार्यालयले निम्न ठेकेदारलाई ७ दिने स्पष्टिकरण सोधेको छ

आकाशेधारा – राममन्दिर – कृष्णमन्दिर सडकमा ढिलाइ गरेको शैलुङ कन्स्ट्रक्सन

साततले भण्डारी गार्मेन्ट – आकाशेधारा – बालुवाखानी सडकमा ढिलाइ गरेको दिवारशैलुङ जेभी

विष्णु बुढानिलकण्ठ – उत्तर शिवपुरी निकुञ्ज सडक ढिलाइ गर्ने स्वच्छन्द–पञ्चकन्या जेभी

कपनमार्ग – बुढानिलकण्ठको सडकमा ढिलाइ गरिरहेको बिटिरअजम्बरी जेभी

बुढानिलकण्ठ – निलोपुल – शिवपुरी निकुञ्ज सडक अलपत्र पार्ने विरुवा कन्स्ट्रक्सन प्रालि

महांकाल–भृकुटीचोक–तेञ्जिङचोक–चपली–बुढानिलकण्ठ सडक निर्माण ढिलाइ गर्ने तुँदीरप्रेरा जेभी

सुन्दरबस्ती आदर्शनगर–चुनिखेल–टुसाल–जगडोल–राष्ट्रिय शहीदपार्क सडकमा ढिलाइ गर्ने शैलुङ कन्स्ट्रक्सन

मनोहरा करिडोर सडकमा ढिलाइ गरिरहेको एसएमएनएस र जयबाबा एलसिएसपिएस जेभी

टोखा–त्रियोग स्कुल–धापासी–चक्रपथ सडक ढिलाई गर्ने भण्डारी विल्डर्स, कामख्या/धिताल जेभी

गोंगबु र रमणबस्ती जोड्ने विष्णुमती पुल अलपत्र पार्ने सिरुवा कन्स्ट्रक्सन

चक्रपथ–सामाखुसी–टोखा गुर्जेभञ्ज्याङ सडक निर्माणमा ढिलाइ गर्ने सुनौला खिम्ती/रफिना जेभी

खहरे–मूलपानी–गान्धीमार्ग विस्तारमा ढिलाइ गरेको मोतिदानरदी कञ्चनजंगा जेभी

पेप्सीकोला–ब्रह्मखेल सडक निर्माणमा प्रगति हासिल नगरेको महालक्ष्मी÷वल्र्डवाइड/भण्डार थोडुङ जेभी

पञ्चकन्या मार्ग–देउवा निवास–गिरिजाप्रसाद कोइराला शान्तिपार्क सडकमा ढिलाइ गर्ने गजुरमुखी/मोतीदानर बानियाँ जेभी

साततले–मिलनचोक–अग्निगुम्बा पश्चिम कपन सडक अलपत्र पार्ने मृतसंजिवनी/वाइवा एण्ड लामा जेभी

सिसडोल–बञ्चरेडाँडा सडक निर्माणमा ढिलाइ गरिरहेको कान्छाराम–सुनकोसी जेभी

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...