स्त्रीले बिहान सबेरै उठेर यी काम गर्दा चम्किन्छ भाग्य



हाम्रो इकोनोमि

 

तपाईं आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहानुहुन्छ भने ब्रह्म मुहूर्तमा ओछ्यान छाड्नुहोस् ।

यदी कोही व्यक्तिको कुण्डलीमा ग्रह सम्बन्धी कोही दोष भएमा भाग्यले साथ दिँदैन । कुण्डलीको दोषाबाट टाढा रहनका लागि ज्योतिष शास्त्रमा कयौँ उपाय अपनाउन सकिने शास्त्रले बताएको छ । शास्त्रमा भनिएको छ–

वर्ण कीर्ति मन्ति लक्ष्मी स्वास्थ्यमायुश्च विदन्ति ।
ब्राह्मो मुहूर्ते संजाग्रच्छि वा पंकज यथा ।।

यो श्लोकअनुसार ब्रह्म मुहूर्तमा उठ्नाले व्यक्तिको सुन्दरता, धनलक्ष्मी, ज्ञान, स्वास्थ्य तथा लामो आयु प्राप्त हुनेछ । हरेक दिन बिहानै उठ्ने मानिसको शरीर कमलको जस्तै सुन्दर हुँने बताइन्छ ।

अझ स्त्री मान्छेले विहान सबेरै उठेर यस्ता काम गर्दा वैभव प्राप्त हुने शास्त्रले जनाउँछ । विहान सवेरै उठेर पूजा पाठ गर्दा त्यसको पुण्य पतिलाई पनि मिल्ने विश्वास गरिन्छ। ज्योतिषले केही यस्ता उपाय बताएका छन्। जुन उपाय स्त्रीले अपनाउदा उनका पतिको दुर्भाग्य हटेर भाग्यले साथ दिने विश्वास गरिन्छ।

महालक्ष्मीको कृपाविना पैसासँग सम्बन्धित कुनै पनि काम राम्रोसँग पूरा हुँदैनन्। जुन व्यक्तिमाथि लक्ष्मी माताको कृपा रहन्छ, त्यस्ता व्यक्तिलाई कहिलै धनको कमी हुँदैन्। लक्ष्मी माताको कृपा पाउनका लागि केही उपाय छन्। ती उपाय अपनाउदा लक्ष्मी माताको कृपा मिल्ने ज्योतिष शास्त्रले बताउँछ ।

शास्त्रमा स्त्रीलाई महालक्ष्मीको रुप मानिन्छ। त्यसैले कोही महिलाले पूजा पाठ गर्दा त्यसको फल पतिसहित घर परिवारलाई मिल्ने विश्वास गरिन्छ। शास्त्र अनुसार विहान महालक्ष्मी पृथ्वी भ्रमणमा निस्किने गर्छिन्। यस क्रममा जुन घरमा सरसफाई र पवित्रता हुन्छ त्यो घरमा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ। त्यसैले विहान पुरै घरको सफाईमा ध्यान दिनपर्छ ।

स्नान आदी कर्म पश्चात सफा वस्त्र लगाएर घरको मन्दिरमा पूजा गर्नुपर्दछ। पूजामा तामाको भाँडोमा पानी भरेर राख्नु पर्दछ। पूजापछि उक्त भाँडोमा राखेको जल अशोकको पातले घरको मुख्य द्वारमा तथा पुरै घरमा छिट्नु पर्दछ। त्यसपछि तुलसीमा एक भाँडो जल चढाउनु पर्दछ। यस गर्दा सुख, सन्तुष्टि र बैभव मिल्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...