ठूला देशले धेरै माया गर्‍यो भने खतरा हुन्छः माधव नेपाल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठुला राष्ट्रका स्वार्थबाट नेपाललाई जोगाइराख्नुपर्ने चुनौती थपिएको बताएका छन् ।चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकषिर्त भएको भन्दै उनले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताए । शनिबार राजधानीमा संचार केन्द्र नेपालले गरेको कार्यक्रममा नेता नेपालले ठूला राष्ट्रहरुको स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट नेपाललाई जोगाउनुपर्ने बतााए ।

नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय गर्नुपर्ने भन्दै उनले भने, ‘धेरै माया गर्यो भने खतरा हुन्छ किनकी सबैका आफ्ना आफ्ना हितहरु हुन्छन्, हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुनसक्छ ।’

उनले गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वलाई उद्देश्यमा स्पष्ट हुन आग्रह समेत गरेका छन् । दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई ‘चिची पनि पापा पनि’को संज्ञा दिँदै उनले यो सम्भव नहुने बताए । उनले भने, ‘चिची पनि पापा पनि हुँदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा क्लियर हुनुहोस् ।’ उनले गैरआवासीय नेपालीलाई सम्मान गर्दै मुलुकको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्नेमा भने जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...