सरकारले१५ हजार युवालाई सीपमूलक तालिम दिने तयारी



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जान चाहने युवालाई निःशुल्क सीपमू्लक तालिम प्रदान गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्षभित्र १५ हजार युवालाई सीपमूलक तालिम दिने तयारी गरिरहेको जानकारी दिएको छ ।

तालिम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत २५ करोड रुपैयाँ विनियोजन गरेको बोर्डले जानकारी दिएको छ । बोर्डले १९ वटा क्षेत्रमा निःशुल्क तालिम दिने भएको हो ।

गार्मेन्ट मेसिन अपरेटर, सुरक्षा गार्ड, इलेक्ट्रिसियन, कार्पेन्ट्री, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, हाउस किपिङ एटेन्डेन्ट, कुक, वेटर, स्टिलफिक्सर, प्लम्बर सहायक र बेन्डरलगायत क्षेत्रमा सीपमूलक तालिम सञ्चालन गरिने बोर्डको भनाइ छ ।

तालिम आगामी मंसिर महिनादेखि सञ्चालन गर्नका लागि छलफल र तयारी भइरहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । बोर्डले चालु आर्थिक वर्षभित्र ३० हजार युवालाई सीपमूलक तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।

तालिम लिन इच्छुकले सहभागिता जनाउन सक्ने उनको भनाइ छ । वैदेशिक रोजगार विभागले सूचीकृत गरेका तालिम केन्द्रबाट सीप तालिम सञ्चालन गरिने बोर्डले जनाएको छ । तालिम काठमाडौंलगायत बुटवल, सुनसरी, झापा, पोखरा र जनकपुरमा समेत सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।

अर्को वर्षदेखि बजेट तथा तालिमका विषय पनि थप गर्दै लगिने बताए । उनका अनुसार तालिम आगामी मंसिरदेखि सुरु हुनेछ । बोर्डले युवालाई ३० दिने सीपमूलक तालिम प्रदान गर्नेछ । तालिममा इच्छुक जो कोही युवा सहभागी हुन सक्नेछन् । तर, प्राप्त आवेदनबाट बोर्डले योग्यता पूरा गरेकालाई मात्रै छनोट गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...