डा. भट्टराईको सुझाव :पूर्व राजा, पारस र हिमानीलाई पनि चुनावमा उठाए हुन्छ



हाम्रो इकोनोमि

 

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पद चाहिए दल खोलेर चुनाव जितेर देखाउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले केहि जनताले टीका थाप्दैमा राजतन्त्र नफर्किने र फर्किएको सपना नदेख्न समेत पूर्वराजा शाहलाई चेतावनी दिए ।

गृह जिल्ला गोरखा सदरमुकाममा आज (बिहीबार) समाजवादी पार्टीले आयोजना गरेको दशैं, तिहार र छठको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले जातीय र वंशीय परम्पराका आधारमा देश चलाउने प्रथाको अन्त्य भइसकेको बताएका छन् ।

उनले भने, ‘राजतन्त्र कुनै पनि हालतमा फर्कदैन । जातीय र वंशीय परम्पराको अन्त्य गरेर गणतन्त्र ल्याएका हौं, अब पछाडि फर्कने ठाउँ छैन ।’

अध्यक्ष भट्टराईले देश चलाउने इच्छा जागेको भए दल खोलेर चुनावी मैदानमा ओर्लन समेत पूर्वराजा ज्ञानेन्द्रलाई चुनौती दिए । उनले भने, ‘पारस र हिमानीलाई पनि चुनावमा उडाएर जित्नुस्, हामीलाई कुनै आपति हुँदैन ।’

उनले देश नयाँ यात्रामा रहेको हुँदा विकास र समृद्धिका लागि सबै दलहरुबीच सहकार्य र एकताको खाँचो रहेको औंल्याए । यस्तै डा. भट्टराईले आफूहरुको संविधान संशोधनको मागलाई सरकारले सुुनुवाइ नगरेको भन्दै सरकार छाड्ने तयारीमा आफूहरु रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...