ससुराको हत्या गर्ने बुहारी पक्राउ



हाम्रो इकोनोमि

 

घरायसी विवादमा ससुराको हत्या गर्ने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मन्थली नगरपालिका १२ को गेलु बस्ने वर्ष ६५ का डिकबहादुर आछामीको हत्या गर्ने २१ वर्षीया बुहारी पार्वती आछामी (सार्की) पक्राउ परेकी हुन् ।

मगंलबार घरमा बुहारी र ससुरा मात्रै रहेको समयमा बुहारीले चिर्पट प्रहार गरेर ससुराको हत्या गरेकी थिइन् । ससुराको हत्यापछि उनले गाउँमा ससुरा मृत अवस्थामा भेटिएको भन्दै होहल्ला गरेकी थिइन् ।

प्रहरीले घटनास्थलको प्रकृति हेर्दा मृतक डिकबहादुरको हत्या भएको आशंका गरेपछि बुहारी पार्वती आछामीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

सोधपुछको क्रममा उनले चिर्पट प्रहार गरी ससुराको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रविभुषण यादवले जानकारी दिनुभयो ।

मृतक डिकबहादुरका तीन जना छोराहरु रोजगारीको सिलसिलामा देशबाहिर छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...