ससुराको हत्या गर्ने बुहारी पक्राउ



हाम्रो इकोनोमि

 

घरायसी विवादमा ससुराको हत्या गर्ने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मन्थली नगरपालिका १२ को गेलु बस्ने वर्ष ६५ का डिकबहादुर आछामीको हत्या गर्ने २१ वर्षीया बुहारी पार्वती आछामी (सार्की) पक्राउ परेकी हुन् ।

मगंलबार घरमा बुहारी र ससुरा मात्रै रहेको समयमा बुहारीले चिर्पट प्रहार गरेर ससुराको हत्या गरेकी थिइन् । ससुराको हत्यापछि उनले गाउँमा ससुरा मृत अवस्थामा भेटिएको भन्दै होहल्ला गरेकी थिइन् ।

प्रहरीले घटनास्थलको प्रकृति हेर्दा मृतक डिकबहादुरको हत्या भएको आशंका गरेपछि बुहारी पार्वती आछामीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

सोधपुछको क्रममा उनले चिर्पट प्रहार गरी ससुराको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रविभुषण यादवले जानकारी दिनुभयो ।

मृतक डिकबहादुरका तीन जना छोराहरु रोजगारीको सिलसिलामा देशबाहिर छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...