घाइते भाइलाई जिउँदै इँटा भट्टामा हालेर मारियो



हाम्रो इकोनोमि

 

बम विष्फोटको घटनामा मुख्य अभियुक्तका रुपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का संसद आफताब आलमका मान्छेले आफ्ना भाइलाई जिउँदै इँटा भट्टामा हालेर मारेको पीडित परिवारले बताएका छन्।  पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २0६४ चैत २७ गते भएको बम बिष्फोटमा सामान्य घाइते भाइ त्रिलोक प्रताप सिंहलाई जिउँदै भट्टामा हालेर मारेको उनका दाजु सतेन्द्रप्रताप सिंहले बताएका छन्।  आलमका काका नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।

 

आलम त्यतिबेला रौतहट-२ मा कांग्रेसको तर्फबाट उम्मेद्वार थिए। तत्कालीन राजपुरफरहदवा गाविस-४ स्थित आलमको घरछेवैको इद्रिसको घरमा विस्फोट हुँदा केही युवा घाइते भएका थिए । शेख इद्रिस नेकाका पुराना नेता हुन् जसको निधन भइसकेको छ । पूर्वमन्त्री समेत रहेका इद्रिश वि.सं २0१५ सालमा विपी कोइराला प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका सांसद भएका थिए । अफ्ताव आलम इद्रिसको परिवार सदश्य भएकाले जिल्लामा राम्रो पकड बनाउदै आएका मानिस हुन ।

 

बम विष्फोटको घटना सार्वजनिक हुने डरले संसद आलमले सहयोगीसँग मिलेर घाइतेहरुलाई नजिकको इँटाभट्टाको आगोमा हाली जलाएको प्रत्यक्षदर्शीले अदातलमा बयान दिएका छन्।  पहिलो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार आलमकै नजिकका मानिस शेख भदैईले नारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई आलमको घरमा लगेका थिए । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २0६४ चैत २७ गते राति राजपुर नगरपालिका-४ (साविक राजपुर गाविस-४ स्थित आलमका काका शेख इद्रिसको गोठमा बम बिस्फोट हुँदा यमुनामाई गाउपालिका-४ (साविक सरुअठा-४) का त्रिलोकप्रसाद सिंह (पिन्टु) ओसी अख्तरलाई इँटा भट्टामा घाइते अवस्थामा जिउँदै जलाइएको आरोपमा सांसद आलमलाई पक्राउ गरिएको हो ।

 

उक्त घटनामा केही भारतीय नागरिकलाईसमेत जलाइएको अनुमान सिंहको छ ।  पूर्वमन्त्रीको गोठमा बम   प्रहरीको अनुसन्धानमा तत्कालीन वनमन्त्री शेख इद्रिसको गोठमा घटना भएको खुलेको छ। प्रत्यक्षदर्शीका अनुसार घटनामा १५÷१६ जना घाइते भएको प्रहरीसमक्ष केहीले बयान दिएका छन्।  घाइते सबैलाई आलमकै ट्याक्टरमा हालेर पूर्वसभासद मुस्ताक राजाको ‘राजा इँट्टा उद्योग’को भट्टिमा लगेर जिउँदै हालेको बयानमा उल्लेख छ। पूर्वसभासद मस्ताक राजाको गत वर्ष मृत्यु भइसकेको छ।  घटनापछि रातारात भारतबाट आएका आफन्तको सहयोगमा गोठ बनाई त्यहाँ गाईबस्तुले खाने भुस राखेर घटना लुकाइएको थियो। प्रहरीका अनुसार गोठमा मान्छे नबस्ने पुराना घरबाट माकुराको जालो ल्याई लगाएको पनि खुलेको छ । २0७0 सालको निर्वाचनमा संसद आलमलाई आफनै भान्जा मुस्ताक राजाले हराएका थिए ।

 

विस्फोटको घटनापछि मृतक पिन्टुका पिता श्रीनारायाण सिंह र अख्तरकी आमा रुक्साना खातुनले कांग्रेस नेता आलम उनका भाइ महताब आलम, नातेदारहरु मोबिन आलम, शेख भदइन र शेख सराजविरुद्ध २0६५ वैसाख ९ गते किटानी जाहेरी दिइएको थियो । सत्ताको दुरुपयोग बम विस्फोटका घाइतेलाई जिउँदै चिम्नी भट्टामा हालेर हत्या गरेको आरोपमा पीडितले बल्ल डराउदै दुई महिनापछि किटानी जाहेरी दिएपछि  प्रहरीले २०६५ असार १ गते एकजनालाई पक्राउ गरेको थियो। त्यही वर्ष असार असार ९ गते सांसद आफताब आलम, उनका भाइ महताब आलमसहित ४ जनालाई पनि प्रहरीले समात्यो।  तर त्यसबेला कांग्रेसको सरकार थियो ।

 

सत्ताको आडमा एकैदिन चारैजनाको म्याद थप गरि एकैदिनमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेश गरियो। प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकीलको कार्यालयका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञावलीले त्यही दिन साँझपख जिम्मा जमानीमा छाडेका थिए । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले निवेदक नारायणसिंह र विपक्षी महान्यायाधिवक्ताको कार्यालयसमेत भएको २०६५ सालको ३८ नम्बरको उत्प्रेषण रिट निवेदनमा २0६९ जेठ १६ मा भएको आदेश कार्यान्वयन भयो या भएन भनी जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको थियो ।

 

प्रहरी प्रधान कार्यालयबाट पनि निर्देशन आएपछि जिल्ला प्रहरीले छानविन टोली गठन गरी हाल पुनः छानबिन थालेको थियो । यस बिषयमा कारबाहि नहुने भए नारायणसिंहले अदालतको अवहेलनामा जाने चेतावनी समेत दिएका थिए। रौतहट जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बम विस्फोटको घटनामा थप अनुसन्धानका लागि सांसद आलमलाई हिरासतमा लिइएको बताए । आफन्तको विवाहमा सहभागी हुन जाँदै गर्दा गौर राजमार्गस्थित इद्रिस गेटबाट प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरीको टोलीले सांसद आलमलाई आइतबार  विहान पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...