नेकपाको चियापन भोलि, एक लाखलाई निम्तो



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार ९असोज २९ गते० शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको उल्लेख छ ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषता अनि लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबूत बनाउने पनि विज्ञप्तिमा जनाइएको छ ।

 

यस्तो छ बिज्ञप्ती

नेपाली समाजमा सदियौंदेखि चलिआएका चाडपर्वहरूले समाजको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्दै आएका छन् । नेपाली–नेपाली बीचको आपसी एकता, सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतालाई प्रवद्र्धन गरिरहेका छन् । हाम्रो पार्टीले सदाझैं यस बर्ष पनि बडादसैँ, तिहार, नेपाल संवत्– ११४०, छठलगायत समस्त नेपाली चाडपर्वहरूको उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

यही २०७६ असोज २९ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा अपराह्न १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई आमन्त्रण गरिएको छ । अपरान्ह ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसद्हरू, संवैधानिक अंगका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सेवा निवृत्त पदाधिकारीहरू, सामाजिक जीवनका विभिन्न विधा, पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ ।
हाम्रो पार्टीको तर्फबाट प्रेषित निमन्त्रणा–पत्र प्राप्त हुननसकेको भएमा पनि उक्त शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा गरिमामय उपस्थितिका लागि सम्बद्ध सबैमा हार्दिक निमन्त्रणा गर्दछु ।

विष्णुप्रसाद पौडेल
महासचिव

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...