फेरि अर्का सांसद प्रमोद साह पक्राउ !



हाम्रो इकोनोमि

 

जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ गरेका छन् ।

विमानस्थलको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो ।

उनलाई आजै जिल्ला अदालत धनुषामा पेस गरिने छ ।

सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।

आजै नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो ।

कानूनमा के छ व्यवस्था ?

सो ऐनको अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्ष देखि १० वर्ष सम्मको कैद हुने प्रावधान छ । त्यसैगरी विमानस्थल सुरक्षा विरुद्धको अपराध अन्तर्गत विमानस्थल तथा विमानस्थल क्षेत्र भित्र वा बाहिर रहेका संचार तथा उपकरण सहायक, दृष्टिगत सहायक, मौसम तथा जलवायू सम्बन्धि उपकरण, अग्नी निवारण तथा जिवनोउद्धार, सेवा सम्बन्धी यन्त्र तथा उपकरण, सुरक्षा सम्बन्धी अन्य उपकरण तथा यन्त्र तथा हवाई उडानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धी अन्य यन्त्र उपकरण ,  धावन मार्ग, धावन मार्ग तर्फ जाने टेक्सी वे, विसान, वायू यान राख्ने स्थान आदी वा सो सम्बन्धी मालसमान कुनै प्रकारले पूर्ण वा आंशिक रुपमा विगारे, भत्काए, क्षती पुर्याए, वा नष्ट गरेमा विमानस्थल सुरक्षा विरुद्धको अपराध मानिनेछ ।

सो किसिमको अपराध गर्नेलाई अपराध गर्नबाट भएको नोक्सानी विगो भराई निजलाई एक वर्ष देखि ५ वर्ष सम्म कैद हुने व्यवस्था छ ।

सो ऐन अन्र्गत अपराध गर्नेलाई नेपाली सेनाका जवान वा सुरक्षा अधिकारी वा जोसुकैले पक्राउ गर्न सक्ने छन् र निजहरुले पक्राउ गरी सकेपछि तुरुन्त प्रहरीलाई बुझाइ दिनुपर्ने छ ।

हवाई उडान कार्यसँग सम्बन्धित कुनै पनि कर्मचारी विमानस्थलमा सरकारी वा गैरसरकारी कर्मचारी हवाई यात्रु लगायत कुनै पनि व्यक्तिलाई हातहतियार लिइ वा नलिइ डर, धम्की, प्रलोभन वा कब्जामा लिई अन्य कुनै किसिमबाट हवाई उडान संचालन तथा बाधा उत्पन्न गराउने कार्य गरेकोमा हवाई यातायातसंग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्धको अपराध मानिनेछ ।

पछिल्ल्लो दुई सातामा प्रहरीले तीन जना सांसदलाई पक्राउ गरेको छ । यसअघि प्रहरीले निवर्तमान सभामुख कृष्ण बहादुर महरा र मोहम्मद आफताब आलमलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...