वडा कार्यालयमा आगजनी, ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

उत्तरी मकवानपुरकाे थाहा नगरपालिका-५ वडा कार्यालयमा भएकाे आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकाेे छ ।

सोमबार राति नगरपालिकाकाे आरनडाँडामा रहेकाेे कार्यालयमा आगजनीमा संलग्न रहेकाे भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हाे । पक्राउ पर्नेकाे नाम सार्वजानिक गरेकाे छैन ।

२६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको बताइएकाे छ । पेट्रोल तथा मट्टितेल लगिएको बोतल कार्यालय छेवैमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे । आगलागीकाे क्रममा विद्युत मिटर बक्स पड्केकाे आवाजपछि गाउँलेले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

आगजनीबाट कार्यालयको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी  निरीक्षक लाेकबहादुर गुरुङले बताए । घटनाकाे जानकारी पाएलगत्तै अनुसन्धानका लागि प्रहरी परिचालन गरिएकाे प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

घटनालगत्तै सुरक्षा प्रमुख थाहा नगरमा

वडा कार्यालयमा भएकाेे आगजनीकाे घटनासँगै मकवानपुरका सुरक्षा प्रमुख थाहा नगर पुगेका छन् । घटनाकाे बारेमा अध्ययनका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जाेशी, मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंह, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विकास घिमिरेसहितकाेे टाेली घटनास्थल पुगेकाे हाे ।

घटनाकाे बारेमा सुक्ष्म नचलिरहेकाे मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएकाे उपरीक्षक सिंहले बताए ।

आगजनीका कारण कार्यालयकाे कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय उपकरण र कार्यालय प्रयाेजनका सामग्री जलेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...