जापानमा आँधीबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो, १७ अझै बेपत्ता



हाम्रो इकोनोमि

 

जापानका नागरिक टाइफुन हगिविससँग जुधिरहेका छन् । हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ । १७ हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते भएका छन् । धेरै स्थानमा अहिले वचाउ तथा सफाई अभियान संचालन गरिएको छ ।

देशको मौसम विज्ञान शाखाका अनुसार धेरै ठाँउमा वार्षिक वर्षाको ४० प्रतिशत एक वा दुई दिनमै परेको थियो । जापानको भूमी तथा यातायात मन्त्री २१ जलमार्गका तटबन्ध भत्किएको बताएको छ । कयैन स्थानमा सडकहरु पूर्ण रुपमा हिलो माटोले पुरिएका छन् । ती क्षेत्रका घरहरु दुईदेखि तीन मिटरसम्म पानीमा डुबेको पाइएको छ ।

जापानमा आँधी प्रभावितहरुको लागि राहत कार्यक्रममा युद्ध स्तरमा संचालन गरिएको छ । प्रभावित क्षेत्रमा सोमबार थप वर्षाको पूर्वानुमान गरिएको छ । अधिकारीले नदीनाला छेउका बासिन्दालाई सतर्क रहन सावधान गराएक छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...