जापानमा आँधीबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो, १७ अझै बेपत्ता



हाम्रो इकोनोमि

 

जापानका नागरिक टाइफुन हगिविससँग जुधिरहेका छन् । हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ । १७ हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते भएका छन् । धेरै स्थानमा अहिले वचाउ तथा सफाई अभियान संचालन गरिएको छ ।

देशको मौसम विज्ञान शाखाका अनुसार धेरै ठाँउमा वार्षिक वर्षाको ४० प्रतिशत एक वा दुई दिनमै परेको थियो । जापानको भूमी तथा यातायात मन्त्री २१ जलमार्गका तटबन्ध भत्किएको बताएको छ । कयैन स्थानमा सडकहरु पूर्ण रुपमा हिलो माटोले पुरिएका छन् । ती क्षेत्रका घरहरु दुईदेखि तीन मिटरसम्म पानीमा डुबेको पाइएको छ ।

जापानमा आँधी प्रभावितहरुको लागि राहत कार्यक्रममा युद्ध स्तरमा संचालन गरिएको छ । प्रभावित क्षेत्रमा सोमबार थप वर्षाको पूर्वानुमान गरिएको छ । अधिकारीले नदीनाला छेउका बासिन्दालाई सतर्क रहन सावधान गराएक छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...