असक्षम आठ मन्त्री बर्खास्त गर्ने तयारी, प्रधानमन्त्री ओली र प्रचण्डबीच ३ घण्टा गोप्य वार्ता



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको वार्ता भर्खरै सकिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास वबलुवाटारमा सम्पन्न वैठकमा चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणको समिक्षा,निवर्तमान सभामुख कृष्णबहादुर महराको विषय र सभामुख चयन सम्बन्धि आगामी रणनीति,मन्त्रीपरिषद पुर्नगठन तथा पार्टी एकता प्रकृयाका बाँकी कामहरुका सन्दर्भमा छलफल भएको बताईएको छ ।

आज सामबार बिहान करिव ३ घण्टा लामो वैठकमा सभामुखको चयन र मन्त्रीपरिषदको हेरफेरको सन्दर्भमा गृहकार्य गर्ने सहमति पनि भएको बताईन्छ । त्यस्तै यी एजेण्डाहरुमा छलफल गर्न भोली मंगलबार दिउसो अपरान्ह ४ बजे पार्टी सचिवालयको वैठक बोलाउने पनि दुई अध्यक्षबीच सहमति भएको बताईएको छ । यद्यपी यो सार्वजनिक भने गरिएको छ्रैन ।

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद हेरफेर गरेर सरकारलाई परिणाममुखी ढंगले अगाडी बढाउन खोजिरहेका छन् । जनजीविका र जनताले अनुभूत गर्ने गरी सरकारले प्रभावकारी ढंगले काम गर्न नसकिरहेको भनदै आलोचना भईरहँदा प्रधानमन्त्री ओलीले आधा दर्जनभन्दा बढी मन्त्रीहरुको कार्यसम्पादन कमजोर भएको भन्दै हटाउन खोजिरहेको श्रोतले बताएको छ ।

यो विषयमा अध्यक्ष प्रचण्डसँग पनि छलफल भईसकेको छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणका कारणले मन्त्रीपरिषद हेरफेर गर्ने एजेण्डा प्राथमिकतामा परेको थिएन । बालुवाटार श्रोतका अनुसार कार्यसम्पादन सम्झौताअनुसार कार्यसम्पादन गर्न नसक्ने मन्त्रीहरुलाई बिदा दिने मनस्थितिमा प्रधानमन्त्री ओली पुगेका छन् ।

त्यस्तै कार्यसम्पादन सम्झौताअनुसार काम नगर्ने मन्त्रालयका सचिवहरुलाई पनि सरुवा गर्ने तयारी भईरहेको छ । केही समय अघि कार्यसम्पादन सम्झौताअनुसार मन्त्रालयहरुमा काम भएनभएको मूल्याङ्कन गर्न प्रधानमन्त्री ओलीले बोलाएको समिक्षा वैठकमा प्रधानमन्त्री ओलीले कार्यसम्पादन सम्झौताअनुसार काम नगर्ने मन्त्री र सचिवहरुमाथि कारबाही गर्ने कडा चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा असक्षम देखिएका मन्त्रीहरुको सूचिमा ८ जनाको नाम रहेको उच्च श्रोतले बताएको छ । तर ती नाम भने बाहिर आएका छैनन् । मन्त्री परिषद हेरफेरसम्बन्धि भोली बस्ने सचिवालयको वैठकमा छलफल भई यससम्बन्धि जिम्मेवारी मूलभूत हिसाबले प्रधानमन्त्रीलाई जिम्मेवारी दिने गरी तयारी भएको छ ।

यसका लागि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग घनिभूत गृहकार्य गर्ने बताईन्छ । मन्त्रीपरिषद हेरफेर गर्ने विषयमा अध्यक्ष प्रचण्ड पनि सहमत भईसकेको बालुवाटार श्रोतले बताएको छ । तर तिहार अघि गर्ने कि पछि गर्ने भन्ने विषय टुङ्गिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...