झुक्किएर पनि घरमा आउन नदिनुहोस् यी चिजहरू



हाम्रो इकोनोमि

 

हिन्दु धर्म मान्नेहरूले वास्तु शास्त्रमा लेखिए अनुसार नै कार्यहरू गर्ने गर्छन् l जसले गर्दा हिन्दु धर्मवालीहरूको फलिफाप पनि हुने गर्दछ l तर पनि  कहिले काहीँ कुराहरू थाहा हुँदा हुँदै पनि सो कुरालाई बेवास्ता गरिरहेका हुन्छन् l जसकारण घरमा अशान्ति फैल्नका साथ साथै नोक्सानी पनि बढ्दै जाने गर्छ l वास्तु शास्त्र अनुसार आफ्नो घरमा आउन दिनु हुँदैन l यस्ता चिजहरूको जसको प्रवेश घरमा हुँदा समस्या उत्पन्न हुने वा हानी नोक्सानी हुने गर्दछ l आखिर कस्ता चिजहरूको प्रवेश हुनु हुँदैन त घरमा? आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे l

चमेरो :
यदि तपाइको घरमा चमेरो आउँदछ भने त्यसलाई बेवास्ता नगर्नुहोस् l किनकि आफ्नो आफ्नो घरमा चमेरोको प्रवेश हुनु भनेको अशुभ हुनु हो । वास्तु शास्त्रअनुसार घरमा चमेरो आउनुको सङ्केत घरको मान्छे घर छोडेर जानु हो l

माकुरोको जालो :
के तपाइको घरमा माकुरोले जाल लगाएको छ ? यदि छ भने त्यसलाई तुरुन्त उक्त स्थानबाट हटाई हाल्नुहोस् l किनकि  घरमा माकुरोले जाल बनाउनु भनेको कुनै समस्या वा उल्झनमा निम्तिनु हो l

परेवाको प्वाँख :
वास्तु शास्त्र अनुसार घरमा  परेवाको प्वाँख हुनु भनेको अशुभ हुनु हो । जसका कारण घरमा विभिन्न किसिमको समस्याहरू उत्पन्न हुने गर्छ । त्यसैले घरमा कहिल्यै पनि परेवाको प्वाँख हुनुहुँदैन ।

मौरी वा अरिगांलको गोलो :
यदि तपाइको घरमा  मौरी वा अरिगांलले गोलो लगाएको छ भने यसलाई अत्यन्तै अशुभ मानिन्छ । जसले गर्दा ठुलो दुर्घटना निम्तिन सक्दछ त्यसैले आफ्नो घरमा त्यस किसिमको चिज देखेमा हटाई हाल्नुहोस् l

घरको भित्ता चर्किनु :
के तपाईँ बस्नु भएको घरको भित्ता चर्किएको छ? यदि छ भने त्यसलाई तुरुन्तै मर्मत गरी हाल्नुहोस् l किनकि  आफ्नो घरको भित्ता चर्किनु भनेको कुनै नोक्सानीको सङ्केत दिनु हो l

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...