महरालाई अनुसन्धान गर्न आज म्याद थपिने



हाम्रो इकोनोमि

 

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौनहिंसाको अभियोग लगाएपछि पक्राउ गरी थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धानका लागि आज म्याद थप्ने तयारी गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले महरामाथि लागेको अभियोगका बारेमा अनुसन्धान नसकिएपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदै म्याद थपको तयारी गरेको हो ।

थुनामा रहँदा स्वास्थ्य अवस्था कमजोर रहेको भनी नर्भिक अस्पतालमा भर्ना भएका महरामाथि पुरानो चिनजान रहेकी शाहीले उजुरी दिएकी थिइन् ।

उजुरी दिनुपूर्व विविध मिडियामा महराविरुद्ध अभियोग लगाउने र त्यसको खण्डन समेत गर्दै आएको थियो । तर महराले राजीनामा गरेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । फौजदारी अभियोग लागेका कारणले महराविरुद्ध उजुरी नपरे पनि प्रहरीले पक्राउ गर्ने थियो ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...