महोत्तरीमा बौलाह कुकुरले टोकेर एकैदिन ५० जना घाइते



हाम्रो इकोनोमि

 

महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाका विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ ।

कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले बताए ।

उनका अनुसार मङ्गलबार दिउँसो करीब ३ बजेदेखि राति ७/८ बजेसम्म कुकुरले टोकेका व्यक्ति आउन थालेपछि जिल्ला अस्पतालमा कुकुरले टोकेपछि लगाउने सुई एआरभी र इम्युनोग्लोबलिन उपलब्ध नभएका कारण उनीहरूलाई जनकपुर अस्पतालमा रिफर गरिएको हो ।

डा ठाकुरले शुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामा घाइते भएकाहरू आए पनि साँझदेखि महोत्तरीको विभिन्न स्थानबाट उपचार गराउन आइरहेका हुन् । बौलाहा कुकुरले सुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामै २० जनाभन्दा बढी व्यक्तिलाई टोकेको थियो ।

एकैदिन ५० जनाभन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएका बौलाहा कुकुरलाई गोली हानी मार्नका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट २० जना प्रहरीको टोली खटाइसकिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...