दशैको टिकाको दिन पनि वाणिज्य बैंकको २ शाखा खुला रहने



हाम्रो इकोनोमि

 

वडा दशैंको बिदामा पनि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू खुला रहने भएका छन् । जसमध्य दुई शाखाहरु विजया दशमीको दिन पनि खुला गरिने छन् ।

वडा दशैंको अवसरमा बिदा हुने दिनहरू असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने जनाइएको छ ।

काठमाडौँ उपत्याकाभित्रका शाखा कार्यालय बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलङ्की, ललितपुर र त्रि.अ. विमानस्थल खुल्ला रहने बैंकलेजनाएको छ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालय विर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहने छन्।

शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन पनि खुल्ला रहने छन् । उक्त शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहकलाई सेवा प्रदान गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...

नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...