दशैको टिकाको दिन पनि वाणिज्य बैंकको २ शाखा खुला रहने



हाम्रो इकोनोमि

 

वडा दशैंको बिदामा पनि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू खुला रहने भएका छन् । जसमध्य दुई शाखाहरु विजया दशमीको दिन पनि खुला गरिने छन् ।

वडा दशैंको अवसरमा बिदा हुने दिनहरू असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने जनाइएको छ ।

काठमाडौँ उपत्याकाभित्रका शाखा कार्यालय बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलङ्की, ललितपुर र त्रि.अ. विमानस्थल खुल्ला रहने बैंकलेजनाएको छ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालय विर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहने छन्।

शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन पनि खुल्ला रहने छन् । उक्त शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहकलाई सेवा प्रदान गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...