चाडबाडमा मदिराको बिक्री ह्वात्तै बढ्यो, मुल्य र सूचीसहित



हाम्रो इकोनोमि

 

गरिब होस् वा धनी, दुबै वर्ग मदिराको नसामा झुम्ने प्रवृत्ति बढेसँगै नेपाली समाजमा मदिराको उपभोग बढ्दो छ । चाडबाडमा त झन् मदिराको बढी प्रयोग हुने मौसम हो । मदिरा बिनाको भोजभत्तेर बारे त आजकाल सायदैले सोच्छन्  । दुध पसलमा वा चिया पसलमा कम भीड होला तर चाडबाडको बेला मदिरा पसलमा ग्राहकको भीड कम हुँदैन ।

दसैँ लागिसकेको छ । मदिरा पसलहरुलाई बिक्री गर्न भ्याइ–नभ्याइ छ । हात्तिसारमा रहेको केटीएम सप्लायर्समा पुग्दा ग्राहकको उल्लेख्य भीड थियो । सप्लायर्सका सञ्चालक रामशरण अधिकारी यो सिजन अत्यधिक व्यवसाय हुने सिजन रहेको बताउँछन् ।

उसो त सोह्र श्राद्ध भर्खर सकिएकाले कति व्यापार हुन्छ भन्ने हेर्न बाँकी नै रहेको रेष्टुरेन्ट एण्ड बार एसोशियसनका निवर्तमान अध्यक्ष प्रमोद जयसवाल बताउँछन् । यद्यपि, अहिले नै आँकलन गर्ने हो भने गत वर्षको तुलनाका २० प्रतिशतले व्यापारमा मन्दी आएको जयसवाल भन्छन् । अधिकारी दसैँका बेला महँगो खालका रक्सीहरु बढी बिक्री हुने गरेको बताउँछन् ।

उनका अनुसार यसबेला प्रिमियम रेन्जका मदिरा बढी बिक्री हुन्छन् । कर्पोरेट कम्पनीहरुले बाँड्नका लागि यस्ता खालका रक्सीहरु लैजाने गरेका छन्  । चिभास रिगल, ब्ल्याक लेभल, ज्याक ड्यानियल्स, रोयल सेरोट, ब्लु लेभल आदि बढी बिक्री हुने मदिरामा पर्दछन् । केटीएम सप्लायर्ससँग भएको मध्ये महँगो रक्सी भनेको  रोयल स्यालुटको ६२ ग्रन स्यालुट हो जसको मूल्य ३ लाख ८६ हजार रुपैयाँ पर्छ । यतिबेला ६ लाख सम्मका रक्सी नेपाल भित्रिएको अधिकारी बताउँछन् । गत वर्ष यो रक्सी दुई वटा बिकेको थियो । केटीएम सप्लायर्समा यतिखेर १ करोड रुपैयाँ भन्दा बढीको बिक्री हुन्छ ।

यता ग्रिन लाइन लिक्वरमा ६ लाख सम्मका रक्सी पाइन्छन् । लिक्वरका बिक्री प्रवन्धक भुषण थापा चाडबाडमा बढी मिडियम रेन्जका रक्सीहरु बिक्री हुने गरेको बताउँछन् । किङ रबर्ट, ब्ल्याक लेभल, ग्रीन लेभल, रेड लेभल बढी बिक्री हुने गरेको थापाको भनाई छ । ग्रिन लाइनमा भएका मदिरा मध्ये तेन्जाकु ह्विस्कीको माग धेरै रहेको छ । यो जापानीज ब्राण्डको हो । जसको मूल्य प्रतिलिटर  ७ हजार रुपैयाँ पर्छ ।

उसो त स्वदेशी मदिराको पनि व्यापार राम्रै हुन्छ । यसमा सिग्नेचर, ओल्ड दरबारको माग पनि बढी हुन्छ ।

केटीएम सप्लायर्सका मध्यम रेञ्जका रक्सी

ग्रिन लाइन लिक्वयर पाइने सबैभन्दा महँगो र सस्तो रक्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...