चाबहिलबाट १२ लाखको सुनसहित दुईजना पक्राउ



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । “त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौँ”, उनले भने ।

पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त सुनको मूल्य रु १२ लाख बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...