दुध कसरी पिउने हो ? यसलाई कतिबेला पिउदा फाइदा जान्नुहोस्
गाईको दुध स्वास्थ्यका लागि लाभदायक भन्ने हामीलाई थाहै छ । दुध सहजरुपमा उपलब्ध पौष्टिक आहार हो । हरेक उमेरका मानिसका लागि दुध अत्यधिक लाभकारी हुन्छ ।
दुधमा के पाइन्छ ?
दुधलाई यत्तिकै पनि पिउन सकिन्छ भने बेसार वा अन्य चिजहरु हालेर पनि पिउन सकिन्छ । दुधमा प्रोटिन, भिटामिन ए, बि १, बि १२ भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ ।
माछामासु नखाने व्यक्तिहरुका लागि दुध प्रोटिनको मुख्य स्रोत हो । दुधलाई यसकारण पनि पूर्ण भोजन मानिन्छ कि यसमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन राम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ ।
कसरी पिउने ?
दुधमा उपलब्ध यति धेरै पोषक र पाचक गुणका कारणले यसलाई आयुर्वेदमा एउटा छुट्टै स्थान दिइएको छ । तर, आयूर्वेदनका अनुसार दूधबाट स्वास्थ्य लाभ लिनका लागि सबैभन्दा पहिले यो थाहा पाउनुपर्छ कि यसलाई कतिबेला र कसरी पिउने हो ?
१. रातमा दूध पिउँदाका फाइदा
दूध पिउने सबैभन्दा उपयुक्त समय राति सुत्नुअघि नै हो । आयुर्वेदका अुनसार दूधमा सेडेटिभ गुण पनि हुन्छ जसको कारणले रातमा यसलाई पिउँदा यसमा हुने सेरोटोनिनले अतपाईंलाई शान्त बनाउँछ र राति मिठो निद्रा पर्छ ।
यसका अलावा दूधमा क्याल्सियमको अत्यधिक मात्रा हुने कारणले यसलाई राति पिउँदा सजिलै शरीरमा अवशोषित हुन्छ ।
२. राती पचाउन नसके बिहान
पुराना मान्यताहरुको कुरा गर्दा दूध बिहान पिउनुपर्छ ताकि यो सजिलै पच्न सकोस । आजकालको जीवनमा जो मानिसहरु एक्सरसाइज गरेपछि बिहान दूधको सेवन गर्छन्, उनीहरुलाई एसिडीटी हुन सक्छ । त्यसैले दूध वा चियाँसँग बिस्कुट-पाउरोटी खान सल्लाह दिइन्छ ।
३. मसल्स बनाउनलाई राति पिउने
आफ्नो मांशपेशी बलियो बनाउन चाहने व्यक्तिहरुले रातमा दूध पिउँदा यसमा हुने प्रोटीनले उनीहरुलाई अत्यधिक फाइदा गर्छ । पोषणविदहरुको भनाईमा राति सुत्नुअघि कुनै पनि कुरा खानाले शरीरमा उर्जाको सञ्चार पनि हुन्छ ।
४. साँझ परेपछि पिउने
साँझ परेपछि कुनै पनि बेला दूध पिउनु स्वास्थ्यका दृष्टिले सुरक्षित मानिन्छ ।
५. दूधलाई मिल्क सेक बनाएर नपिउने
आयुर्वेदका अनुसार दूधलाई मिल्कसेकको रुपमा पिउनु स्वास्थ्यका लागि ठिक छैन । दूधमा काँचो फल, केरा, आप आदि मिलाएर खानु हुँदैन ।
६. दुधमा केरा नमिसाउने
केरालाई दूधसँग मिलाएर खानु हुँदैन किनकी यसबाट शरीरमा टक्सिन जम्मा हुन थाल्छन् । यसले गर्दा रुघा, खोकी, ज्वरो एलर्जी र छालाका समस्याहरु उत्पन्न हुन्छन् ।
७. दुध पिउने विशेष समय
आयुर्वेदका अनुसार हरेक दिन दूध पिउने एउटा विशेष समय हुन्छ । उक्त समयमा दूध पिउँदा तपाईंले बढिभन्दा बढि फाइदा लिन सक्नुहुन्छ ।
आयुर्वेद विशेषज्ञहरुका अनुसार दूध बिहानै वा राति सुत्नुअघि पिउनु मुनासिब हुन्छ । यसबाट अत्यधिक लाभ लिनका लागि यसमा अश्वगन्धा वा त्रिफला मिलाएर पिउनुपर्छ । यसबाट तपाईंलाई राति राम्रो निद्रा पर्छ भने आँखालाई पनि यसले फाइदा पुग्छ ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै
दुध सँग यी कुराहरु खाएमा बिष बराबर हुन्छ
खानेकुरा कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा खानाबाट अमृतको साटो बिष खाको बराबर हुन्छ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन ।
यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा सँगै खाँदा मानिस गम्भीर बिरामी पनि हुनसक्छन् । किनकी हरेक खाद्यान्नको कम्बिनेशन राम्रो नहुनसक्छ ।
तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् । जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पुर्याउछ । तर दूध सँगै अरु केहि यस्ता खानेकुरा खानु विषयुक्त हुन्छ ।
केहि यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या हुनसक्छ
१. प्याज
प्याज खाएपछि दूध पिउँनु हाम्रो शरीरमा कयौँ प्रकारको समस्या आउन सक्छ । जस्तै चिलाउने दाद वा अन्य प्रकारका समस्या हुनसक्छ ।
२. करेला र नुन
कहिल्यै पनि करेला र नुनकोसँग दूध पिउँनु हुँदैन ।
३. मुला र जामुन
यदि मुला र जामुन खाएर दूध पिउँनु हुँदैन । यसको कारण छाला सम्बन्धि समस्या हुन्छ ।
४. दही
दही खाएपछि सँगै दूध पिउँदा पेटमा ग्यास सम्बन्धि समस्या हुन्छ ।५. कागती :कहिल्यै पनि दूध र कागती एकैसाथ नखानुहोस् जसले तपाईको शरीरमा नराम्रो असर गर्छ ।
६. माछा
माछाको सेवनले शरीरलाई निकै फाइदा पुर्याउछ । तर माछासँगै वा माछा खाएपछि दूध पिउँदा छालामा सेतो दाग आउन शुरु गर्छ । दूधसँग माछा, मासुको सेवन गर्नुहुँदैन । किनकी माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ ।
७. तिल
दूध र तिल कहिल्यै पनि सँग-सँगै खानु हुदैन् । जसका कारण तपाईलाई घाँटीसम्बन्धि बिरामी हुनसक्छ ।
८. नून
दूधसँग कुनै पनि नूनिलो खानेकुरा नखानुस् । यसको तत्कालीन असर नदेखिएपनि वर्षौंसम्म यसो गर्दा शरीरमा सेता दागहरू देखिन थाल्छन् ।
९. सुन्तला, अंगुर र कागती
दूध पिउनेबित्तिकै केही मानिस कागतीपानी पिउँछन् । पेटमा गएर यी अम्लीय पदार्थले दूधलाई फटाइदिन्छन् । यसकारण पेटमा विषालु पदार्थ उत्पन्न हुन्छ र अनेकौं समस्या आउँछ । अनि यसले रुघाखोकी, कफ र एलर्जीको समस्या आउँछ ।
१०. मासु
दूध र मासु दुवै भारी पदार्थ हुन् र यिनको एकैचोटि सेवन गर्दा शरीरमा पोषक तत्त्वको अधिकता हुन्छ र पचाउन मुश्किल पर्छ । पाचन प्रक्रिया बिग्रेर एसीडीटीको समस्या आइलाग्छ ।
११. कालो दालसँग दुध
हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।
दुध र केरा सँगै खादा बेफाइदा
केरा र दूध दुवै पोषक तत्वले भरपूर हुन्छन् । प्रायः जसो मानिसले आफ्नो मसल्स बनाउने तयार गरिरहँदा उनलाई केरा र दूध खान सल्लाह दिइन्छ । त्यस्तै बनाना शेक पनि मानिसलाई मनपर्ने पेय पदार्थ मध्येको एक प्रसिद्ध पदार्थ हो । तर, विशेषज्ञहरुका अनुसार केरा र दूध एकै साथ सेवन गर्नाले स्वास्थ्लाई हानि पुर्याउन सक्छ ।
यसले शरीरको विभिन्न अंगहरुको फंगशनलाई पनि प्रभावित पार्छ । आयुर्वेदमा पनि केरा र दूध एकै साथ खानुलाई नराम्रो मानिन्छ । अध्ययनका अनुसार केरा र दूधको मिश्रणले हाम्रो पाचन तन्त्रलाई नराम्रो तरिकाले प्रभावित पार्छ । जसले गर्दा साइनस सम्बन्धी समस्या हुने खतरा हुन्छ ।
पेटमा ग्यासको समस्या भारतका आयुर्वेदाचार्य डा. सरोज पाण्डेका अनुसार केरा र दूध दुवै पौष्टिक खाद्य पदार्थ हुन्, तर, दुृवै खाँदाको समय २० मिनेटको फरकमा खानु पर्छ । अन्यथा यसले पेटमा ग्याष्ट्रीकको समस्या उत्पन्न गराउन सक्छ । शरीरमा विषाक्त पदार्थको उत्पन्न हुन्छ आयुर्वेदका अनुसार कुनै पनि ठोस फलको कुनैपनि तरल पदार्थमा समायोजन हुुनुलाई राम्रो हुँदैन ।
केरा र दूध सँग-सँगै खानाले शरीरमा विषाक्त तत्व उत्पन्न हुन थाल्छ । यसले शरीरको सम्पूर्ण कार्यप्रणालीमाथि नराम्रो असर पार्न सक्छ । शरीर गह्रुँगो बनिरहन्छ केरा र दूध एक साथ खानाले शरीर गहुँगो बनिरहन्छ र मस्तिष्कको क्षमतामा पनि कमि आउन थाल्छ ।
दुधले के काम गर्छ ?
दुधले शरीरलाई शक्ति दिने काम गर्छ । शरीरका अंग तथा कोशहरुको बृद्धिविकास वा शरीर बढाउनमा मद्दत गर्छ । त्यस्तै पानीको मात्रा पनि बढाउछ ।दुधमा पाइने क्याल्सीयमले हड्डीको विकास गर्छ । आइरनले हेमोग्लोविनको अर्थात शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फोस्पोरसले हडडीलाई चाहिने बस्तुको काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरु पाइन्छ ।
कस्तो विरामीले दुध सेवन गर्नु हुदैन ?
सामान्यतया दुध खान नहुने भन्ने त्यस्तो रोग नै छैन । जुनसुकै रोगीले पनि ताजा दुध खानु स्वास्थ्यको लागि लाभदायक नै हुन्छ । तर कहिले काही दुध नखानु पनि राम्रो मानिन्छ । त्यो अवस्था कतिवेला आउछ भने जव हाम्रो शरीरमा ल्याक्टोजको मात्रा कमी भएर पखला लाग्छ ।
ल्याक्टोज भन्ने एक किसिमको सुगर जस्तै तत्व हुन्छ । त्यसले पाचनको काम गर्छ । जो मान्छेमा त्यो तत्वको कमी हुन्छ त्यस्ता व्यक्तिले दुधको सेवन गर्दा झनै पखला लाग्ने बढने सम्भावना हुन्छ । यसलाई चिकित्सक भाषामा ल्याक्टोज इन्टोरोलेन्स भन्ने गरेको छ ।
यो विशेष गरी बालक र बृद्धहरुमा देखा पर्छ । त्यसैले ल्याक्टोज इन्टोलोरेन्स हुदा खेरी भरीसक दुध नपिउनु राम्रो भन्ने गरिन्छ । अन्यथा जुनसुकै रोगका विरामीले दुध पिउनु सकिन्छ । चिकित्सा विज्ञानले बच्चालाई जन्मेको कम्तीमा छ महिना सम्म आमाको दुधमात्रै खुवाउनु पर्छ भनेको छ ।
त्यसपछि भने आवश्यकता अनुसार गाई भैसीको दुधहरु खुवाउन सकिन्छ । त्यो क्रमलाई जिवनभर निरन्तरता दिन सकिन्छ । पछिल्ला समयमा बजारमा पाइने प्याकेटवाला दुधमा पनि गाईभैसीकै दुधमा पाइने तत्व हुनुपर्ने हुन्छ तर कतिपय कम्पनीका दुधमा त्यस्तो तत्व नभएको भन्ने समेत सुनिएको छ ।
त्यसैले प्याकेट दुधको खरीदमा त्यसको प्याकेटमा लेखिएको तत्वहरुको समेत अध्ययन गर्नु जरुरी हुन्छ । दुधबाटै बन्ने दहीले समेत मानव स्वास्थ्यका लागि फाइदा जनक छ । दुधमा पाइने तत्वसंगै दहीमा ल्याक्टो बेक्टेरियास भन्ने तत्व हुन्छ ।
त्यसले इन्जाइमको काम गर्छ । त्यस्तै दुधबाट बन्ने पनिर तथा चीजले प्रोटिनको काम गर्छ । त्यसैले दुधमा हुने विभिनन पदार्थलाई आवश्यकता अनुसार विभिन्न परिकारमा परिवर्तन गरी फाईदा लिन सकिन्छ ।
माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।
साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।