३८ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार



हाम्रो इकोनोमि

 

 

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३८.८१ अंकले बढेर दुई हजार ७ सय ५५ दशमलव ४७ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १९९ कम्पनीको शेयरमूल्य बढ्दा ४० को घट्यो भने ५ कम्पनीको स्थिर रहेको छ । सात कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।आजको कारोबारमा मिथीला लघुवित्त वित्रीय संस्थाको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १७६४ रुपैयाँमा झरेको छ । जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...