प्रधानमन्त्रीद्वारा एसियाली जनसंख्या सम्मेलनको उद्घाटन



 

 

आजदेखि काठमाडौंमा सुरु भएको छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटनमा फरक शैली अपनाइएको छ । सोल्टी होटलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै जन्मेको शिशुलाई स्वागत गर्दै सम्मेलनको उद्घाटन गरेका हुन् । अरुबेला दीप बालेर, ब्यानर पढेर यस्ता समारोह उद्घाटन हुने गरेकामा यसपटन नयाँ तरिका अपनाइएको हो । सिनामंगलको केएमसी अस्पतालमा मीना श्रेष्ठले जन्म दिएको नवजात शिशुलाई भिडिओमार्फत जोडिएको थियो । प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटनका क्रममा शिशुलाई संसारमा स्वागत छ भन्दै छोटो मन्तव्य दिएका थिए । उनले आमा र बच्चकाे स्वास्थ्य अवस्थाबारे पनि जिज्ञासा राखेका थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय जनसंख्या विभाग र एशियन पपुलेसन एसोसिएसन (एपीए) को सहकार्यमा आयोजित सम्मेलनको उद्घाटन नवजात शिशुलाई समावेश गराएर गर्ने योजनाअनुरुप आजै अस्पतालमा कुरा गरिएको थियो । गएराति अस्पतालमा जन्मिएकी शिशुलाई भिडिओमार्फत देखाएर सम्मेलनको नौलो किसिमले उद्घाटन गरिएको हो । शिशु र उनलाई जन्म दिने आमा मीना श्रेष्ठ दुवैको स्वास्थ्य सामान्य रहेको चिकित्सक डा. वर्षा बरालले जानकारी दिइन् । छैटौं एशियाली जनसंख्या सम्मेलन (एपीसी) मंसिर १२ देखि १५ (नोभेम्बर २७ देखि ३०) सम्म चल्ने सम्मेलनमा ५० देशका ५०० भन्दा बढी जनसंख्या विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ता सहभागी छन् । नेपालले यो प्रतिष्ठित कार्यक्रम पहिलो पटक आयोजना गरेको हो । यसअघि यो सम्मेलन नयाँ दिल्ली (२०१०), बैंकक (२०१२), क्वालालम्पुर (२०१५), सांघाई (२०१८), र जकार्ता (२०२१) मा सम्पन्न भएको थियो । सम्मेलनमा १७ वटा मुख्य विषयगत शीर्षकमा ४०० वटा कार्यपत्र प्रस्तुत गरिनेछ । यी कार्यपत्रहरूले जनसंख्या वृद्धिका विभिन्न पक्षहरू, जस्तै जनसंख्या वृद्धावस्था, सहरीकरण, आप्रवासन, लैंगिक मुद्दा, र सार्वजनिक स्वास्थ्य जस्ता विषयमा छलफल गर्नेछन् । सन् २०१० मा स्थापना भएको एशियन पपुलेसन एसोसिएसनले क्षेत्रीय जनसांख्यिकीय मुद्दाहरूमा संवाद र सहकार्य गर्नका लागि यी सम्मेलनहरूको आयोजना गर्दै आएको छ । विगतका संस्करणहरूले नीतिगत निर्णयमा मार्गदर्शन गर्ने र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्ने महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस
माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको

यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका